२०८३ जेष्ठ ३१, आईतबार | Sun, 14, Jun, 2026

भारतको खिरी जिल्लासँग जोडिएका कञ्चनपुर र कैलालीका सीमा क्षेत्र तीन दिनका लागि बन्द


  • २०८१ बैशाख २८, शुक्रबार मा प्रकाशित २ साल अघि
  • ५४५ पाठक संख्या
  • हरिश्चन्द्र बाग, कञ्चनपुर, २८ बैशाख । भारतको खिरी जिल्लासँग जोडिएका नेपाल–भारत सीमा क्षेत्र तीन दिनका लागि बन्द हुँदै छन् । छिमेकी राष्ट्र भारतस्थित उत्तर प्रदेश राज्यको खिरी जिल्लामा यही बैशाख ३१ गते अर्थात् मे १३ तारिखका दिन हुन गइरहेको लोकसभा सामान्य निर्वाचनलाई लक्षित गरी आज शुक्रबार साँझ ६ बजेदेखि उक्त मतदान कार्य समाप्त नहुँदासम्म कञ्चनपुर र कैलालीका दक्षिणी सीमा क्षेत्र बन्द गर्न लागिएको प्रशासनले जनाएको छ ।

    उक्त निर्वाचनलाई शान्तिपूर्ण वातावरणमा सम्पन्न गर्न नेपाल–भारत अन्तर्राष्ट्रिय सीमा नाकाहरू बन्द रहने भनी भारतीय पक्षबाट पत्राचार गरिएको हुँदा उक्त अवधिभर नेपाल–भारत सीमा नाका बन्द गरिने जिल्ला प्रशासन कार्यालय कैलालीले जारी गरेको सूचनामा उल्लेख छ । त्यस्तै, भारतको खिरी जिल्लासँग जोडिएका कञ्चनपुरको दक्षिण पूर्वी क्षेत्रका सबै चलनचल्तीका सीमा क्षेत्रहरूमा आवागमन बन्द रहने कञ्चनपुरका प्रमुख जिल्ला अधिकारी गोपाल कुमार अधिकारीले जानकारी दिनुभयो । कञ्चनपुर जिल्लाको दक्षिण पूर्वी क्षेत्र र कैलाली जिल्लाको पुरै दक्षिणी क्षेत्रसँग भारतको खिरी जिल्लाको सीमा जोडिएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट