२०८१ चैत्र ५, बुधबार | Wed, 19, Mar, 2025

सहकारी काण्डमा मुछिएका गृहमन्त्री लामिछाने  माथि छानबिन हुनुपर्छ: काँग्रेस नेता लेखक


  • २०८१ बैशाख २४, सोमबार मा प्रकाशित १0 महिना अघि
  • ३३६ पाठक संख्या
  • कञ्चनपुर, २४बैशाख।नेपाली काँग्रेस नेता एव संसदीय दलका प्रमुख सचेतक रमेश लेखकले गृहमन्त्री एकपछि अर्को सहकारी काण्डमा मुछिएको आरोप लगाउनुभएको छ। सोमबार कञ्चनपुरको महेन्द्रनगरमा नेपाल प्रेस यूनियनले आयोजना गरेको पत्रकार सम्मेलनमा काँग्रेस नेता लेखकले गृहमन्त्री रवि लामिछाने एकपछि अर्को सहकारी घोटाला काण्डमा मुछिएको आरोप लगाउनुभएको छ।प्रमुख प्रतिपक्षीय काँग्रेसका नेता समेत रहेका लेखकले सहकारी घोटाला काण्डमा मुछिएका गृहमन्त्रीमाथि संसदीय टोली गठन गरेर छानबिन गर्नुपर्ने माग राख्दै।लेखकले देशभरी सहकारीको अबौँ जनताको रकम अपचलनमा गृहमन्त्री लामिछानेको नाम मुछिदा समेत सरकारले उनीमाथि छानबिन नगरेको दुखेसो पोख्दै काँग्रेस संसदीय दलले संसदमा समेत सहकारी ठगि प्रकरण छानबिन गरेर दोषि उपर कार्बाहीमा माग अघि सार्दै आएको छ।तर सरकारले सहकारी ठगिमाथि छानबिन गर्न आलटाल गरिरहेको छ ।प्रधानमन्त्री पुष्पकमल दाहाल(प्रचण्ड)ले समग्र सहकारी ठगि काण्ठ छानबिन गर्ने बताएको विषय सकारात्मक भएको तर, रास्वपा सभापति एव गृहमन्त्री रवि लामिछानेलाई बचाएर अरुतिर मात्रै छानबिन गर्ने काम भए काँग्रेसलाई यो कुरा स्वीकार हुँदैन ।’

    छानबिन गर्ने निकायकै प्रमुख व्यक्तिमाथि आरोप लाग्दा समेत उनले नैतिकताका आधारमा ठाँउ खाली छाड्नुपर्ने बताउनुभयो। ‘हामीले गृहमन्त्रीको राजिनामा मागेका होईनौँ। सहकारी ठगि काण्डमा छानबिन गरेर जो जो दोषि भेटिए उनीहरुमाथि कानुनी कार्बाही मात्रै काँग्रेसको माग हो ।काँग्रेस नेता लेखकले सरकारमा रहेका दलहरुविचमै खटपट भएको बताउँदै एमालेभित्रै चरम असन्तुष्टी रहेको बताउनुभयो । एमाले, काँग्रेसको सरकार बन्ने विषयमा ठोस कुराकानी नभएको बताउनुभयो । मुलुकमा राजनीतिक अस्थिरता उत्पन्न भएको बताउँदै उनले समानुपातिक प्रणाली हटाउनेतर्फ लक्षित गरेर संविधान संशोधनको विषय अघि सारेका छन । ‘हाम्रो स्रंविधान जारी भएको ८ बर्ष भयो, अब संविधानका राम्रा नराम्रा पक्षको अध्ययन गर्नुपर्छ,नराम्रा विषय संशोधन गरेर अघि बढ्नुपर्ने बताउनुभयो।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट