माधव पौडेल, कञ्चनपुर, २२ बैशाख । कञ्चनपुरको बेलौरी नगरपालिका पालिका वडा नम्बर ५ दोदा नदी (भकुण्डा) मा शनिबार पौडी खेल्ने क्रम २ जनाको मृत्यु भएको छ । दोदा नदिमा पौडी खेल्ने क्रममा बेलौरी नगरपालिका वडा नम्बर ४ का अन्दाजी १७ वर्षीय राजेन्द्र कुँवर र विजय कुँवरको मृत्यु भएको हो । बेलौरी ४ बस्ने समीर सुवेदी र शिशिर बिष्ट घाइते अवस्थामा रहेको प्रहरीले जनाएको छ । घाइते सुवेदी र बिष्टकाे बेलौरीमा रहेको श्रीपुर प्रथामिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक उमेश जोशीले जानकारी दिनुभएको छ ।
प्रतिक्रिया दिनुहोस