माधब पौडेल, कञ्चनपुर, १७ बैशाख । कञ्चनपुरको बेलौरी नगरपालिका वडा नम्बर २ चौधबिगाहका चिन्तामणी ढुङ्गानाको गोठमा आगलागी हुँदा पुर्ण रुपमा क्षति भएको छ । आइतबार राति करिब ८ बजेतिर आगलागी हुँदा गोठमा रहेको काठ, करिब १ क्विन्टल खाद्यान्न, ३ बोरा युरिया मल, ४ बण्डल जस्तापाता र १ थान साइकल पुर्ण रुपमा जलेको प्रहरी चौकी टेडुवाका इन्चार्ज दान सिंह धामीले जानकारी दिनुभयो । आगलागीबाट करिब ८० हजार मूल्य बराबर क्षती भएको प्रहरीले जनाएको छ । आगलागी कसरी भयो भन्ने नखुलेपनि चुरोट बिंडिको ठुटाबाट सल्केको हुनसक्ने प्रहरी श्रोतले आशंका गरेको छ । इन्चार्ज धामीका अनुसार गोठमा लागेको आगो निभाउन नेपाल प्रहरी, सशस्त्र प्रहरी र स्थानीयको सहयोगमा नियन्त्रणमा लिइएको थियो। गोठमा गाई थियो हामीले आगलागी भएको देखेर डोरी काटेर गाई बचाएको पीडित चिन्तामणी ढुङ्गानाले बताउनुभयो
प्रतिक्रिया दिनुहोस