२०८३ जेष्ठ ३१, आईतबार | Sun, 14, Jun, 2026

सरस्वती आधारभुत बिधालय बैशाखीलाई सुदुरपश्चिमेली समाज मकाउद्वारा शैक्षिक सामाग्री हस्तान्तरण


  • २०८१ बैशाख १६, आईतबार मा प्रकाशित २ साल अघि
  • ४६९ पाठक संख्या
  • माधब पौडेल,१६ बैशाख।सुदुरपश्चिमेली समाज मकाउद्वारा बेलौरी नगरपालिका वडा नम्बर १ मा रहेको सरस्वती आधारभूत बिधालयका बिद्यार्थीहरुलाई आइतबार एक कार्यक्रमका बीच शैक्षिक सामग्री हस्तान्तरण गरिएको हो।

    बेलौरी नगरपालिका वडा नम्बर १ फटिया निवासी हाल रोजगारीको सिलसिलामा सुदुरपश्चिमेली समाज मकाउका अध्यक्ष पदमसिंह पन्तले सरस्वती आधारभूत बिधालयमा अध्ययन गरिरहेका १० जना बिद्यार्थीलाई जनही एक दर्जन कापी, कलम, ब्याग, ड्रेस १/१ सेट र सिलाई खर्च समेत प्रदान गरिएको अध्यक्ष पन्तले जानकारी दिनुभयो।कार्यक्रममा बोल्दै समाज अध्यक्ष पन्तले बेलौरी नगरपालिका वडा नम्बर १ मा रहेका गरिव निमुखा विद्यार्थीहरुले आर्थिक अभावका कारण शिक्षाबाट बन्चित नहुने बताउदै यो कार्यक्रम लाई प्रत्येक बर्ष निरन्तरता दिइने अध्यक्ष पन्तले जानकारी दिनुभयो। ।कार्यक्रममा बिधालयका तर्फबाट प्रधानाध्यापक मनित्र शाहीले बिधालयमै कार्यक्रममा गरि शैक्षिक सामाग्री हस्तान्तरण गरेकोमा सुदुरपश्चिमेलि समाज मकाउका अध्यक्ष लगायत पदाधिकारीलाई धन्यवाद ज्ञापन गर्नुभयो।
    कार्यक्रम बिधालयका प्रधानाध्यापक मनित्र शाही, बिधालय व्यवस्थापन समिती अध्यक्ष,शिक्षक अभिवावक संघ पदाधिकारी, बुद्धिजिवि,अभिभावक लगायतको उपस्थिति रहेको स्थानीय गजेन्द्र पन्तले जानकारी दिनुभयो।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट