२०८२ बैशाख १५, सोमबार | Mon, 28, Apr, 2025

आधार परियोजनाको समिक्षा सम्पन्न 


  • २०८१ बैशाख १६, आईतबार मा प्रकाशित १ साल अघि
  • २४९ पाठक संख्या
  • घनश्याम पौडेल,१६ बैशाख। कैलालीको गौरीगंगा नगरपालिकामा आधार परियोजनाको प्रगति समिक्षा कार्यक्रम गरिएको छ । ( डिसिए)को आर्थिक सहयोगमा दलित महिला अधिकार मञ्च कैलालीद्वारा सन्  २०२१ देखि २०२४ सम्म सञ्चालित परियोजनाको समिक्षा कार्यक्रम गरिएको हो ।

    गौरीगंगा नगरपालिकाका नगर प्रमुख देविदत्त कडेलले कार्यक्रमलाई सम्बोधन गर्दै संघ संस्थाहरुले समुदाय तहमा मानविय विकासको लागी महत्वपुर्ण योगदान पुर्याएका तथा सरकारी योजना र विकासका क्षेत्रमा उल्लेखनीय भूमिका गरेको बताउनुभयो।

    दलित महिला अधिकार मञ्चका अध्यक्ष साबित्रा घिमिरेले सबै निकायले छरिएर काम गर्नु भन्दा एकैठाउँमा केन्द्रित भएर काम गर्दा समुदाय तहमा दक्ष मानविय स्रोत उपलब्धता संगै विकास र क्षमता अभिवृद्धि हुने कार्य गरिरहेको भन्दै नगरपालिकाले विपत व्यवस्थापनमा न्युनिकरण गर्न महिलाहरुलाई सिप हस्तान्तरण गर्न आवश्यक रहेको बताउनुभएको । अध्यक्ष घिमिरेले संघ संस्थाहरुले पालिकामा गरिरहेका सामुदायिक संस्थागत र मानविय क्षेत्रमा गरिएका कार्यहरूको स्थानिय सरकारको निति र कार्यक्रम भएको भन्दै सोको स्वामित्व ग्रहण गर्न आग्रह गर्नुभएको थियो ।

    परियोजनाले ३० समुहमा ७५० जना महिलाहरुलाई संगठित गर्दै २ वटा सहकारी व्यवस्थापन, दुना टपरी उधोग संचालन गरी आयआर्जन र आत्मनिर्भर बन्ने सीपको हस्तान्तरण सहित नगरका ३ वटा विद्यालयमा स्वच्छ खानेपानी, पुस्तकालय तथा गुणस्तरीय शिक्षाको क्षेत्रमा सहयोग गरेको मञ्चले जनाएको छ । परियोजनाको सहयोगमा वडा नं ७ मा सुनपाल महिला सहकारी दर्ता गरेर महिलाहरुले न्यु व्याजदरमा आयआर्जनको कृपया क्रियाकलाप गरिरहेको छन् । ५० रुपैयाँ मासिक लेवि संकलन गरेर सुरु भएको समुहले सहकारीको रुपमा विकसित हुँदै ३ सय जना महिला सेयर सदस्य बनि आबद्ध भएका छन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट