रुपन्देही,बैशाख १३। मेरोमाइक्रोफाइनान्स लघुवित्त वित्तिय संस्था शाखा कार्यालय फर्साटिकर रुपन्देहीले मृत्यु भएको सदस्यका परिवारलाई विमा रकम वापत २ लाख ७२ हजार ५ सय सहयोग हस्तान्तरण गरेको छ।वित्तिय संस्थाले एक कार्यक्रमको आयोजना गरि गैडहवा गाउँपालिका वडा नम्बर ७ बस्ने राम किशुन मल्लाहलाई उक्त विमा रकम वरावरको चेक हस्तान्तरण गरिएको हो । वित्तिय संस्थामा आवद्ध भई कर्जा तथा बचतको कारोबार गर्दै आएकी सदस्य माधुरी मल्लाह मृत्यु भएपछि विमा रकम हस्तान्तरण गरिएको बताईएको छ । सहयोग रकम बराबरको चेक संस्थाका अनुगमन अधिकृत कृष्ण प्रसाद उप्रेती,शाखा फर्साटिकर प्रमुख सविना वस्ती र वडा अध्यक्ष लाल बहादुर केवटले संयुक्त रुपमा हस्तान्तरण गर्नुभएको थियो।उक्त कार्यक्रममा बोल्दै गैडहवा गाउँपालिका वडा नम्बर ७ का वडाध्यक्ष लालबहादुर केवटले मेरोमाइक्रोफाइनान्सले वित्तिय सेवा संगसंगै सामाजिक कार्यमा समेत सक्रिय रहेको बताउनुभयो ।सहयोग हस्तान्तरण कार्यक्रममा बोल्दै संस्थाका अनुगमन अधिकृत उप्रेतीले शोकमा रहेको मल्लाह परिवार प्रति गहिरो समवेदना प्रकट गर्दै,मानिसको जिवन भन्दा ठुलो पैसा नहुने भएता पनि मृतकका भावि सन्ततिको उज्वल भविष्य निर्माणमा केही टेवा पुग्ने र दैनिक जीवनयापनमा सहज होस भन्ने उद्देश्यले सहयोग रकम हस्तान्तरण गरेको बताउनु भएको छ । मेरोमाइक्रोफाइनान्सले सञ्चालन गर्ने कार्यक्रम तथा सेवा सुविधाको बारेमा प्रकाश पार्दै हाल लघुवित्त क्षेत्रमा देखा परेको भ्रमको पछि नलागि निर्धक्क भई मेरो माइक्रोफाइनान्स संग वित्तिय कारोबार गर्न समेत अनुगमन अधिकृत उप्रेतीले आग्रह गर्नु भयो।कार्यक्रममा समूह सदस्य स्थानिय, वुद्धिजिवी,उपस्थिती रहेको थियो ।
प्रतिक्रिया दिनुहोस