माधब पौडेल०९ बैशाख।कञ्चनपुरको बेलौरी नगरपालिका शिक्षा शाखा करिब १ बर्ष देखी प्राविधिक सहायकको भरमा चलेको छ।
बेलौरी नगरपालिकामा तत्कालीन शिक्षा शाखा प्रमुख देव बहादुर चन्द २०७९ साल फागुन ४ गते अनिवार्य अवकाशमा गएपछि बेलौरी नगरपालिकामा शिक्षा शाखा प्रमुख बिहिन भएको हो।अझै पनि उक्त रिक्त रहेको दरबन्दी पदपूर्तिका लागि नगरपालिका खासै ठोस कदम चालेको देखिदैन। शिक्षा शाखामा कार्यरत प्राविधिक सहायक अमित प्रसाद भट्टले निमित्त प्रमुखमा कामकाज गर्दै आइरहनुभएको छ।करिब बर्ष दिन भन्दा पनि बढी हुँदा पालिकाको शिक्षा शाखा प्रमुख नहुँदा कार्यालयको काम प्रभावकारी तरिकाले चलिरहेको छैन। शैक्षिकसत्र २०८०को बेलौरी नगरपालिका स्तरिय कक्षा ८ को परिक्षामा ७ बिधालय निल भएका छन।पालिकाले हालसालै प्रकाशित गरेको कक्षा ८ को परिक्षाफल हेर्दा सामुदायिक बिधालयको शैक्षिक गुणस्तर निकै खस्किंदो देखिन्छ ।पालिका स्तरीय परीक्षामा सहभागी भएका ३५ विद्यालय मध्ये ७ विद्यालय बाट कुल ९२९ विद्यार्थी परीक्षामा सहभागी भएकोमा २९ प्रतिशत अर्थात् २७१ विद्यार्थी उत्तीर्ण भएका छन्।यस विषय थप प्रतिक्रिया लिन खोज्दा बेलौरी नगरपालिका नगर शिक्षा संयोजक एवं नगर प्रमुख पोतिलाल चौधरीको फोन सम्पर्क हुन सकेन।।
प्रतिक्रिया दिनुहोस