धनगढी,०६ बैशाख।सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री दीर्घ बहादुर सोडारीले पद तथा गोपनीयताको शपथ लिनु भएको छ । प्रदेश प्रमुखको कार्यालयमा आयोजित कार्यक्रममा प्रदेश प्रमुख नजिर मियाँले मुख्यमन्त्री सोडारीलाई पद तथा गोपनीयताको शपथ गराउनु भएको हो । नेकपा एकीकृत समाजवादी पार्टीका प्रदेश संसदीय दलका नेता सोडारीले सत्ता गठबन्धनका तर्फबाट प्रदेश प्रमुखसमक्ष मुख्यमन्त्रीमा दाबी पेस गर्नुभएको थियो ।
एकीकृत समाजवादीका ४, एमालेका १०, माओवादी केन्द्रका १०, नागरिक उन्मुक्तिका २ र एक स्वतन्त्र गरी २७ प्रदेशसभा सदस्यको समर्थन जुटाएर उहाँले मुख्यमन्त्रीमा दाबी पेस गर्नुभएको हो । प्रदेश प्रमुख मियाँले संविधानको धारा १६८ को उपधारा २ बमोजिम सोडारीलाई आजै मुख्यमन्त्री नियुक्त गर्नुभएको हो । मुख्यमन्त्रीलाई समर्थन दिए पनि नेकपा एमाले तत्काल मन्त्रीपरिषद्मा भने सहभागी नहुने भएको छ ।
प्रतिक्रिया दिनुहोस