२०८३ श्रावण २५, सोमबार | Mon, 10, Aug, 2026

कञ्चनपुरका पश्चिमी सीमा नाकाहरू गड्डाचौकी र ब्रह्मदेव तीन दिन बन्द रहने


  • २०८१ बैशाख ३, सोमबार मा प्रकाशित २ साल अघि
  • ८१८ पाठक संख्या
  • हरिश्चन्द्र बाग, कञ्चनपुर, ०३ बैशाख । कञ्चनपुरका पश्चिमी सीमा नाकाहरू गड्डाचौकी र ब्रह्मदेव तीन दिन बन्द रहने बताइएकाे छ । छिमेकी राष्ट्र भारतको लोकसभा सामान्य निर्वाचनको सिलसिलामा जनपद चम्पावत अन्तर्गत प्रथम चरणको मतदान यही बैशाख ०७ गते अर्थात् १९ अप्रिलका दिन हुने भएकोले सोही सन्दर्भमा यही बैशाख ०४ गते बेलुकी ५:१५ बजेदेखि बैशाख ०७ गते मतदान समाप्ति हुँदासम्म कञ्चनपुरका पश्चिमी सीमा नाका गड्डाचौकी र ब्रह्मदेव बन्द हुने जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले जनाएको छ । नेपाल-भारत सीमा नाकाहरू अत्यावश्यक स्वास्थ्य सेवा (मेडिकल इमरजेन्सी) बाहेक पूर्ण रूपमा बन्द रहने भनी जिला मजिष्ट्रेट, चम्पावत, भारतको पत्र मार्फत जानकारी प्राप्त भएको हुँदा उल्लेखित अवधिभर चम्पावत जिल्लासँग जोडिएका ती दुवै नाकाहरू बन्द रहने कञ्चनपुरका सहायक प्रमुख जिल्ला अधिकारी धर्मराज जोशीले जानकारी दिनुभएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट