२०८१ मंसिर २०, बिहिबार | Thu, 05, Dec, 2024

भारतीय राजदुतावासद्वारा महाकाली बहुमुखी क्याम्पस बेलौरीलाई स्कुल बस हस्तान्तरण


  • २०८१ बैशाख २, आईतबार मा प्रकाशित ७ महिना अघि
  • ४१३ पाठक संख्या
  • माधब पौडेल,०२ बैशाख।कञ्चनपुरको बेलौरी नगरपालिका वडा नम्बर ६ मा रहेको महाकाली बहुमुखी क्याम्पसलाई नेपाल भारत विकाश साझेदारी कार्यक्रम अन्तर्गत एम्बुलेन्स एवं स्कुल बस हस्तान्तरण गर्न आयोजित समारोहमा स्कुल बस हस्तान्तरण गरिएको हो।

    आइतबार काठमाडौस्थित भारतिय राजदुतावासमा एक कार्यक्रमका बीच भारतको स्वतन्त्रता दिवस एवं गणतन्त्र दिवसको अवसरमा भारतीय राजदुत नवीन श्रीवास्तव द्वारा  अर्थमन्त्री बर्षमान पुनको उपस्थितिमा सम्बन्धित महाकाली बहुमुखी क्याम्पस बेलौरीका क्याम्पस प्रमुख धर्मराज जोशीलाई स्कुल बसको चावी हस्तान्तरण गरिएको क्याम्पस सञ्चालन समितीका अध्यक्ष हरेन्द्र सिंह बिष्टले बताउदै करिब ३-४ बर्ष देखि स्कुल बसका लागि पहल गरेता पनि अहिले बस प्राप्त गरेका छौं। बस प्राप्त गरे संगै अब टाढा बाट आउने विद्यार्थीहरुका सहज हुने बताउनुभयो।कञ्चनपुरको भिमदत्त नगरपालिका २ मा रहेको सरस्वती माध्यमिक विद्यालय र लक्ष्मी माध्यमिक बिधालय बागफांटाले स्कुल बस पनि प्राप्त गरेको छन।

    भारत सरकारले तीन दशकदेखि भारतको स्वतन्त्रता दिवस र गणतन्त्र दिवसको अवसरमा नेपालका विभिन्न भागमा रहेका विभिन्न स्कुल र संस्थाहरुलाई एम्बुलेन्स तथा स्कुल बस उपहार स्वरुप प्रदान गर्दै आएको छ।समारोहमा ६६ वटा स्कुल बस र ३५ वटा एम्बुलेन्स गरि १ सय १ सवारी साधन  हस्तान्तरण गरिएको थियो।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    २%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट