२०८३ जेष्ठ ३१, आईतबार | Sun, 14, Jun, 2026

पर्यटकीय स्थल प्यारा तालमा सिम कुखुराको प्रतिमा बनाउने सुदूरपश्चिम प्रदेश सभा सदस्य द्वारा घोषणा 


  • २०८० चैत्र ३०, शुक्रबार मा प्रकाशित २ साल अघि
  • ११८३ पाठक संख्या
  • कञ्चनपुर,३० चैत्र ।पर्यटन प्रबर्द्धनका लागि जनताको लगानीमा पहल सुरु गरिएको कञ्चनपुरको पुनर्वास नगरपालिका ९ स्थित प्यारा तालमा सुदूरपश्चिम प्रदेश सभा सदस्य एवं सार्वजनिक लेखा समितीका सभापति वीर बहादुर थापाले सिम कुखुराको प्रतिमा निर्माण गर्ने घोषणा गर्नु भएको छ ।

    पर्यटन बिकासको लागि नागरिक स्तरबाट पहल सुरु गरिएको पुनर्वासको पर्यटकीय क्षेत्र प्याराताल परिसरमा अवलोकनमा पुग्नु भएका सुदूरपश्चिम प्रदेश सभा सदस्य तथा सार्वजनिक लेखा समितिका सभापति माननीय थापाले तालको जैविक महत्वको पंक्षी सिम कुखुराको प्रतिमा आफ्नो लगानीमा निर्माण गरि नागरिक अभियानलाई सघाउने स्वस्फुर्त घोषणा गर्नु भएको हो ।

    प्यारा तालको जैविक पहिचानलाई उजागर गर्दै पर्यटन बिकासका लागि गत असार २६ देखि अभियाननै थालिएको छ । हाल सम्म प्यारा ताल परिसरमा आकर्षक सेल्फी स्पट , कछुवा , ओद र माछाको प्रतिमा राखिएको छ । त्यस्तै गोहि , मयुरको प्रतिमा र पानीको फोहरा निर्माणको काम चलिरहेको प्यारा ताल पर्यटन प्रबर्द्धन तथा संरक्षण समितिका संयोजक दीपेन्द्र बस्नेतले बताउनु भयो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट