२०८१ चैत्र २, आईतबार | Sun, 16, Mar, 2025

नेपाल मानव धर्म सेवा समिति बेलौरी शाखाले मनायो मातृ स्मृति जयन्ती


  • २०८० चैत्र २४, शनिबार मा प्रकाशित ११ महिना अघि
  • ३४६ पाठक संख्या
  • माधब पौडेल,२४ चैत्र।कञ्चनपुरको नेपाल मानव धर्म सेवा समिति शाखा आश्रम बेलौरीमा शनिबार मातृ स्मृति जयन्ती कार्यक्रम सम्पन्न भएको छ।

    कार्यक्रमको सभापति नेपाल मानव धर्म सेवा समिती शाखाका प्रमुख सन्त नन्दिनी बाइजी, प्रमुख अतिथि संविधानसभा सदस्य एवं सुदुर पश्चिम् प्रदेश सभा सदस्य दिवान सिंह बिष्ट बिशिस्ट अतिथिमा बेलौरी उद्योग बाणिज्य संघका पुर्व अध्यक्ष यज्ञ कडेंल,बेलौरी नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष अर्जुन ढकाल लगायत भक्तहरुको उल्लेखनीय  उपस्थिति रहेको थियो।स्वागत मन्तब्य नेपाल मानव धर्म सेवा समिती शाखा आश्रम  बेलौरीका अध्यक्ष चन्दकान्त भण्डारीले राख्नुभएको थियो।

    हरेक बर्ष नै मानव धर्मका प्रणायता सदगुरु सतपाल महाराजको ममतामयी माता राज राजेश्वरीको पावन जन्मदिनको अवसरमा  महाकाली अञ्चलको मानव धर्म सेवा समिती शाखा कार्यालय बेलौरीमा भजक कृतन, प्रवचन गर्दै मनाइएको नेपाल मानव धर्म सेवा समिती शाखा बेलौरीका अध्यक्ष चन्दकान्त भण्डारीले जानकारी दिनुभयो।

     

    बेलौरी आश्रममा प्रत्येक शनिबार साप्ताहिक संसगमा वैदिक सनातन अन्तर्गत धार्मिक प्रवचन,दैनिक बिहान योगा गरिने समेत गरिने अध्यक्ष भण्डारीले बताउनुभयो।कार्यक्रममा बोल्दै बेलौरी नगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष अर्जुन ढकालले बिगतका बर्षमा बजेट बिनियोजित काम गरेको भने अहिले वडाको बजेट पर्याप्त नहुदा सहयोग गर्न नसकिएको बताउनुभयो।बिशिस्ट अतिथि बेलौरी उद्योग बाणिज्य संघ पुर्व अध्यक्ष यज्ञ कडेलले बोल्दै राजनीति र धर्म संगसगै लैजानु पर्नेमा जोड दिदै नेपाल लाई चिनाउनका लागि पर्याप्त धार्मिक स्थलको भएकाले धार्मिक यात्राका बिदेशी ल्याउन सके देशमा विकास हुने बताउनुभयो।कार्यक्रममा बोल्दै प्रमुख अतिथि संविधानसभा सदस्य एवं सुदुर पश्चिम् प्रदेश सभा सदस्य दिवान सिंह बिष्टले कार्यक्रममा बोलाइ आफ्नो महत्त्वपूर्ण भनाइ राख्नदिएकोमा धन्यवाद ज्ञापन गर्दै आफ्नो धर्म संस्कृति जोगाउनका लागी जोड दिनुहुँदै आश्रमका सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। कार्यक्रमको समापनमा बोल्दै सभापति सन्त नन्दिनी बाइजीले प्रवचन र भजन प्रस्तुत गर्नुभएको थियो।कार्यक्रममा ५ आमाहरु लाई सम्मान र प्रमुख अतिथि,बिशिष्ट अतिथिलाई मायाको चिनो प्रदान गरिएको थियो।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    २%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट