माधब पौडेल,कञ्चनपुर,१७ चैत्र।पाैडेल वंश महासंघ नेपाल सुदूरपश्चिम प्रदेशकाे दाेस्राे अधिवेसन कैलालीको मसुरियामा ११ सदस्यीय समिति सर्वसम्मत चयन गर्दै शनिबार गौरीगङ्गा नगरपालिकाको सभाहलमा सम्पन्न भएको छ।
अधिवेशनबाट अध्यक्षमा वीर वहादुर पाैडेल,उपाध्यक्षमा पदम पौडेल,सचिवमा घनश्याम पौडेल,कोषाध्यक्षमा धर्मराज पौडेल,सदस्य निरन्जन पौडेल, कृष्ण बहादुर पौडेल, कृपाराम पौडेल, गगन सिंह पौडेल,बालकृष्ण पौडेल,जमुना पौडेल र हेमा रेग्मी पौडेल सर्वसम्मत चयन गरेको छ।
कार्यक्रमको सभापतित्व पाैडेल वंश महासंघ नेपाल सुदूरपश्चिम प्रदेशका संयोजक कृष्णभक्त पौडेल प्रमुख अतिथिमा पाैडेल वंश महासंघ नेपाल केन्द्रिय अध्यक्ष श्री हरिराम पाैडेल, केन्द्रिय सदस्य ,प्रदेश सदस्य,सल्लाहकार परिषद लगायत सुदुर पश्चिम् प्रदेशका पौडेल बन्धु हरुको सहभागिता रहेको थियो।कार्यक्रमको सञ्चालन पाैडेल वंश महासंघ नेपाल सुदूरपश्चिम प्रदेशका सचिव शिव प्रसाद पौडेलले गर्नुभएको थियो।
प्रतिक्रिया दिनुहोस