२०८३ जेष्ठ ३१, आईतबार | Sun, 14, Jun, 2026

पत्रकारले होली खेलेको रकमबाट राैटेलाकाे बृद्धा आश्रममा फलफुल सहयोग


  • २०८० चैत्र १५, बिहिबार मा प्रकाशित २ साल अघि
  • ५८० पाठक संख्या
  • आरती ठगुन्ना,कञ्चनपुर१५ चैत्र। कञ्चनपुरका पत्रकारहरुले यस बर्ष होली खेलेको रकमबाट बृद्धआश्रममा सहयोग गरेका छन । बेदकोट नगरपालिका ७ र ८ रौटेलामा रहेको बैजनाथ बृद्धआश्रममा रहेका बृद्धबृद्धाहरुलाई फलफुलल सहयोग गरेका हुन ।

    विभिन्न संचार माध्ययमा कार्यरत जिल्लाका पत्रकारहरुले होली खेलेर रौटेला बृद्धआश्रममा फलफुलका साथै चिउरा समेत वितरण गरेका छन ।

     एक कार्यक्रमका विच पत्रकारहरुको उपस्थितिमा बृद्ध आश्रममा फलफुल वितरण गरिएको थियो । समाजिक कार्य गर्ने उदेश्यका साथ बृद्धआश्रममा होलीबाट संकलन भएको रकमबाट सक्दो सहयोग गरिएको पत्रकार रमेश प्रसाद भट्टले बताउनुभयो ।

    कार्यक्रममा नेपाल पत्रकार महासंघ शाखा कञ्चनपुरका सचिव राजेन्द्र प्रशाद अवस्थीले समेत आफ्नो जन्मदिनको अवसरमा फलफुल वितरण गरेका थिए । यस अघि पत्रकारहरुले बाल अनाथालयमा शैक्षिक समाग्री एवं खेलकुद समाग्री सहयोग गरेका थिए ।नियमित कामका साथै पत्रकारहरुले एकातिर होली पर्व खेलेर धर्म संस्कृतिको सरक्षण अर्कातिर सामाजिक काम गरेको भन्दै समाजका अगुवाहरुले पत्रकारहरुप्रति आभार प्रकट गरेका छन ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट