केशब थापा बेलडाँडी ,१४ चैत्र। कञ्चनपुरको बेलडाँडी गाउँपालिकामा ईमर्जेन्सी हाऊस निर्माणका लागि ठाउँ खाली गरिएको छ। बेलडाँडी गाउँपालिकाले आज बुधवार ईमर्जेन्सी हाऊसका लागि ठाउँ खाली गराएको जनाएका छन् ।
बेलडाँडी गाउँपालिकाले ईमर्जेन्सी सेल्टर हाऊस निर्माणका लागि वडा नं.२ मा रहेको बस पार्क संग जोडिएको जमिन खाली गराएको हो । बेलडाँडी गाउँपालिका अध्यक्ष हरिशचन्द्र रानाका अनुसार हाऊस निर्माणका लागि ठेक्का भइसकेकाले निर्माण व्यवसायीलाई ठाउँ दिनुपर्ने हुँदा आज ठाउँ खालि गराएको जनाउनु भयो ।
आपतकालिन अवस्थामा समेत बस्न हुने गरि भवन निर्माण गरिने रानाले बताउनुभयो । आपतकालिन अवस्था श्रृजना भयो भने पालिका भित्र त्यस्तो भवन समेत नरहेकाले यो कार्य अघि बढाएको पालिकाले जनाएको छ ।
उक्त भवन निर्माण कार्यका लागि संघिय परियोजना कार्यान्वयन एकाईबाट बजेट विनियोजन गरिएको छ भने बेलौरी नगरपालिका वडा नम्बर ४ मा रहेको पि. एन.बि. डेभलपर्स प्रा. लि.निर्माण कम्पनीले भ्याट बाहेकको ५८ लाख ५४ हजार ९ सय ८९ रुपैयाँमा ठेक्का सम्झौता गरेको जनाइएको छ ।
प्रतिक्रिया दिनुहोस