२०८३ जेष्ठ ३१, आईतबार | Sun, 14, Jun, 2026

होली विशेष कार्यक्रम उठेको रकमबाट अनाथालयमा शैक्षिक र खेलकुद समाग्री सहयोग 


  • २०८० चैत्र १४, बुधबार मा प्रकाशित २ साल अघि
  • ७५५ पाठक संख्या
  • कञ्चनपुर, चैत्र १४।कञ्चनपुरका पत्रकारहरुले यस बर्ष होली खेलेको रकमबाट बाल अनाथालयमा सहयोग गरेका छन । विभिन्न संचार माध्ययमा कार्यरत जिल्लाका पत्रकारहरुले होली खेलेर महेन्द्रनगरको अनाथालयमा शैक्षिक तथा खेलकुद समाग्री सहयोग गरेका हुन ।

    जिल्लाका कृयाशिल पत्रकारहरुले होली खेलेको रकमबाट भीमदत्त नगरपालिका ४महेन्द्रनगरको समाजकल्याण बाल अनाथालयमा शैक्षिक समाग्री सहयोग गरेको पत्रकार भाष्कर केसीले बताउनुभयो। पत्रकार केसीका अनुसार बुधबार एक कार्यक्रमका विच पत्रकारहरुको उपस्थितिमा अनाथालयमा शैक्षिक तथा खेलकुद समाग्री एव मिठाई खाद्यान्न वितरण गरेका छन । समाजिक कार्य गर्ने उदेश्यका साथ अनाथालयमा होलीबाट संकलन भएको रकमबाट सक्दो सहयोग गरिएको बताउनुभयो । नेपाल पत्रकार महासघ शाखा कञ्चनपुरका सचिव राजेन्द्र प्रशाद अवस्थीले अनाथालयका अध्यक्ष दयाकृष्ण जोशीलाई शैक्षिक तथा खेलकुद समाग्री हस्तान्तरण गरेका छन । नियमित कामका साथै पत्रकारहरुले एकातिर होली पर्व खेलेर धर्म संस्कृतिको सरक्षण अर्कातिर समाजिक काम गरेको भन्दै समाजका अगुवाहरुले पत्रकारहरुप्रति आभार प्रकट गरेका छन ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट