२०८२ कार्तिक २६, बुधबार | Wed, 12, Nov, 2025

बेलौरीको होलि मिलन कार्यक्रममा पत्रकार राना सम्मानित


  • २०८० चैत्र ९, शुक्रबार मा प्रकाशित १ साल अघि
  • ३६० पाठक संख्या
  • माधब पौडेल,०९ चैत्र।कञ्चनपुरको बेलौरी खुल्ला मञ्चमा “आफ्नो साँस्कृतिक आफैं बचाउ” भन्ने मुल नारा सहित  रानाथारु भलमन्सा तथा पधना समिति बेलौरी नगरको आयोजना गरेको दुई दिने होलि मिलन तथा साँस्कृतिक कार्यक्रममा पत्रकार नरेश राना लाई आयोजकले सम्मान गरेको हो।

    शुक्रबार देखि सुरु भएको होरि मिलन एवं साँकृतिक कार्यक्रमको अवसरमा रानाथारु भलमन्सा तथा पधना समिति बेलौरी नगर समितिले रानाथारु डटकमका सह सम्पादक राना लाई सम्मान गरेको जनाएको हो । रानाथारु समुदायबाट पत्रकारिताको क्षेत्रमा कलम चलाई समुदायमा रहेको कुरुती कुसंस्कारहरु,जस्ता घटनामा कलम चलाई न्यायमा पहुँच र जनचेतना प्रदान गरेको भन्दै पत्रकार राना लाई सम्मान गरिएको रानाथारु भलमन्सा तथा पधना समिति बेलौरी नगर समितिका अध्यक्ष सुरेश कुमार बडायकले जानकारी दिनुभयो ।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट