माधव पौडेल, कञ्चनपुर, ०७ चैत्र । कञ्चनपुरको बेलौरी नगरपालिका वडा नम्बर १ मा आइतवार कुटपिट हुँदा फटिया बस्ने अन्दाजी ४५ वर्षिय सुवास मगरको उपचारको क्रममा मृत्यु भएको छ।
सोमबार साझ सामान्य झै-झगडा हुँदा कुटपिटमा परेका मगरको उपचारको क्रममा कैलालीको निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टर धनगढीमा मृत्यु भएको प्रहरीले जनाएको छ ।कुटपिटमा संलग्न टेकबहादुर चन्द र किसन चन्द विरुद्ध मृतकका परिवारजनले किटानी जाहेरी दिएपछि पक्राउ गरि उनीहरु विरुद्ध कर्तव्य ज्यानमा मुद्दा दर्ता गरि अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय बेलौरीमा राखिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायव उपरीक्षक प्रकाश डाँगीले जानकारी दिनुभयो ।पक्राउ परेका दुबै जनालाई म्याद थपका लागि बुधबार जिल्ला लगिने समेत बताउदै ।पक्राउ परेका दुवै जनामाथि अनुसन्धान भइरहेको कञ्चनपुर प्रहरीले जनाएको छ ।मृतककी आमा हरिकला मगरले कुटपिटमा संलग्न ब्यक्तिहरुको कानुन अनुसारको कार्वाहीको माग सहित छोराले न्याय पाउनुपर्ने बताउनुभयो। कमाई गरि परिवारलाई नै पालनपोषण गर्ने छोरा गुमाउँदा परिवारमा संन्नटा छाएको छ।
प्रतिक्रिया दिनुहोस