माधब पौडेल,२९ फागुन।कञ्चनपुरको बेलौरी नगरपालिका वडा नम्बर ६ बेलौरी बजारमा रहेको श्रीपुर खानेपानी तथा सरसफाइ उपभोक्ता समितिको मंगलबार सम्पन्न साधारणसभा बाट नयाँ कार्य समिति चयनका लागी कैलाश सिंह बिष्ट र गोविन्द सापकोटा प्यानल बीच प्रतिस्पर्धा हुने भएको छ।श्रीपुर खानेपानी तथा सरसफाइ उपभोक्ता समितिका अध्यक्ष गोपाल प्रसाद पाण्डेको सभापतित्व, सुदुर पश्चिम् प्रदेश सभा सदस्य दिवान सिह बिस्ट को प्रमुख आतिथ्यतामा सम्पन्न साधारणसभा बाट नयाँ कार्यसमिति चयनका लागि सहमति नभएपछी अध्यक्ष पदका लागी कैलाश सिंह बिष्ट प्यानलबाट उपाध्यक्षमा महेन्द्र सिंह बुडाल,सचीवमा राजेश भट्ट काेषाध्यक्षमा रजनिश भण्डारी,सदस्यमा देव बहादुर शाही ,हरिदत्त बडु,लोकेन्द्र सिंह थापा,मानमती चन्द र राम बहादुर मगर (गोरे)प्रत्यासी छन भने अर्को प्यानलको अध्यक्ष पदमा गोविन्द सापकोटा उपाध्यक्षमा चित्रकला चापागाईं,सचीवमा चेतनाथ दहाल (गोपाल),काेषाध्यक्षमा कृष्ण नाथ याेगी र सदस्य पदमा श्रीकृष्ण न्यौपानेले उम्मेद्बारी दर्ता गरेका छन। नयाँ नेतृत्व चयनका बुधबार दिउँसो २ बजे मतदान हुने कार्य तालिका राखिएको छ ।श्रीपुर खानेपानी तथा सरसफाइ समितीमा जम्मा १ हजार १ सय ४ जना उपभोक्ताले नयाँ नेतृत्व चयनका लागी मतदान गर्नेछन।
प्रतिक्रिया दिनुहोस