लाल बहादुर एस.के., कञ्चनपुर, १० फागुन । आर्थिक अभावका कारण पुनर्वास नगरपालिका वडा नम्बर ६ निवासी धनी लावडको उपचारमा समस्या भएको छ । मधुमेह रोगबाट ग्रसित लावडलाई हाल प्यारालाइसिस र मिर्गौलामा खराबी देखिएको छ । आर्थिक अभावका कारण उपचार गर्न अस्पताल जान नसकेपछि उनी घरमै थला परेका छन् । लामो समयदेखि मधुमेहबाट ग्रसित भएको थाहा नपाएपछि चिकित्सकले उपचारका क्रममा प्यारालाइसिस र मिर्गौलामा खराबी भएको बताएको तर उपचारका लागि पैसा नहुँदा अस्पतालसम्म पुर्याउन समेत आर्थिक कठिनाइ भएको परिवारजनले बताएका छन् ।
यस्तो कठिन परिस्थितिमा मानवताका आधारमा नरेन्द्र बहादुर शाहीले आवश्यक सहयोगका लागि समन्वयकारी भूमिका निर्वाह गर्दै सहयोगका लागि आग्रह गरेका छन् । सहयोगका लागि मनमती लावडको नाममा रहेको प्रभु बैङ्क पुनर्वास शाखामा सञ्चालित खाता नम्बर २२२२०८००१४६७७६२९ मा रकम जम्मा गरिदिएर सहयोग गर्न सकिने शाहीले बताएका छन् । लावडको उपचारका लागि आर्थिक सहयोग गर्न चाहने व्यक्तिहरूले शाहीको मोबाइल नम्बर ९८४३७१३५८३ मा सम्पर्क गरी आवश्यक सहयोग तथा परामर्श प्रदान गर्न सकिने शाहीले बताए ।
प्रतिक्रिया दिनुहोस