२०८१ फागुन २, शुक्रबार | Fri, 14, Feb, 2025

बिओपि थापाचोकद्वारा ठूलो परिमाणमा अबैध ब्रोइलरका चल्ला बरामद


  • २०८० फागुन ९, बुधबार मा प्रकाशित ११ महिना अघि
  • ६३७ पाठक संख्या
  • माधब पौडेल, कञ्चनपुर, ०९ फागुन । कञ्चनपुरको बेलौरी नगरपालिका वडा नम्बर २ मा रहेको सशस्त्र प्रहरी बल नेपाल बिओपि थापाचोकले अबैध ब्रोइलरका चल्ला बरामद गरी नष्ट गरेको छ । बिओपि थापाचोकबाट सशस्त्र प्रहरी निरीक्षक नवराज देवकोटाको कमान्डमा खटिएको गस्ती टोलीले मंगलबार राती बेवारिसे अवस्थामा बेलौरी नगरपालिका वडा नम्बर २ बैजुडाडाबाट २ वटा मोटरसाइकल सहित करिब ३ हजार अबैध ब्रोइलर कुखुराका चल्ला बरामद गरेको हो । मोटरसाइकलको मुल्य अन्दाजी रु. २ लाख र ब्रोइलर कुखुराको चल्लाको अन्दाजी २ लाख १० हजार गरी जम्मा ४ लाख १० हजार मूल्याङ्कन गरिएको छ । बरामद गरिएका चल्ला नष्ट गरिएको छ भने से १ प ९५४० र बा २६ प ९०३८ नम्बरका २ वटा मोटरसाइकल त्रिनगर भन्सार पठाइने बिओपि थापाचोकका प्रमुख सशस्त्र प्रहरी निरीक्षक नवराज देवकोटाले बताउनुभयो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%१%१%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट