२०८२ जेष्ठ ३, शनिबार | Sat, 17, May, 2025

जबरजस्ती करणी गरेको अभियोगमा एक जना पक्राउ


  • २०८० फागुन ५, शनिबार मा प्रकाशित १ साल अघि
  • ५७९ पाठक संख्या
  • हरिश्चन्द्र बाग, कञ्चनपुर, ५ फागुन । जबरजस्ती करणी गरेको अभियोगमा कञ्चनपुर प्रहरीले एक जनालाई पक्राउ गरेको छ । ३० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा बेलौरी नगरपालिका – ७ टेडीया बस्ने ४० वर्षीय हरिचन्द्र रानालाई शनिबार दिउँसो प्रहरीले पक्राउ गरेको हो । रानाले ती महिलालाई माघ २३ गते बेलौरी नगरपालिका(७ पौलाहस्थित उखुबारीमा जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय बेलौरीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको कञ्चनपुर प्रहरीले जनाएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट