२०८१ कार्तिक २८, बुधबार | Wed, 13, Nov, 2024

हुलाकी सडकमै बाटो ढुकेर बस्ने त्यो बाघ हो कि चितुवा 


  • २०८० फागुन ५, शनिबार मा प्रकाशित ९ महिना अघि
  • ४३३ पाठक संख्या
  • हरिश्चन्द्र बाग, कञ्चनपुर, ०५ फागुन । कञ्चनपुरको बेलौरी नगरपालिका वडा नम्बर ८ खपटी नालादेखि पश्चिम इँटा भट्टा पचुईसम्मको हुलाकी राजमार्गको कच्ची सडकखण्डमा अहिले पुनः हिंस्रक वन्यजन्तु बाटो ढुकेर बस्ने गरेको छ । पछिल्लो दुई हप्तायता उक्त क्षेत्रमा देखिएको त्यो वन्यजन्तु बाघ हो कि चितुवा ? भन्ने विषयमा अहिलेसम्म यकिन हुन सकेको छैन । सोही हिंस्रक वन्यजन्तुले शुक्रबार साँझ मोटरसाइकलमा सवार बेलडाँडी गाउँपालिका ३ खैरीघाट बस्ने २४ वर्षीय जीवन चन्दलाई आक्रमण गरेको छ । चन्द सामान्य घाइते भएको सूचना प्राप्त भएकोले सो क्षेत्रमा राती आवतजावत गर्दा सतर्कता अपनाउन कुण्डा सबडिभिजन बन कार्यालय पच्कडियाका प्रमुख दिनेश कुमार यादवले अनुरोध गर्नुभएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट