धनगढी, २५ माघ ।सूचनाको हकका लागि सुदूरपश्चिम प्रथम प्रदेश महाधिवेशन हुने भएको छ।
बिहिवार पत्रकार सम्मेलन गर्दै धनगढी उपमहानगरपालिका वडा नम्बर १६ भादामा माघ २६र २७ गते महाधिवेशन हुने आयोजकले जनाएको छ।प्रदेश महाधिवेशनमा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह प्रमुख आतिथ्यमा सम्पन्न हुने कार्यक्रममा,सूचनाको हकका लागि राष्ट्रिय महासंघका केन्द्रिय अध्यक्ष उमिद बागचन लगायत केन्द्रीय पदाधिकारीहरुको सहभागिता रहने कार्यक्रम सयोजक एवं केन्द्रिय सदस्य श्रवण देउवाले जानकारी दिनुभयो ।सुदूरपश्चिमका प्रदेशका सचिव स्थानीय पालिकाका सूचना अधिकारीहरुसँग सूचनाको हक सम्बन्धमा छलफल गरिने बताउनुभयो।
प्रतिक्रिया दिनुहोस