लालझाडी,२५ माघ। कञ्चनपुरको लालझाडी गाउँपालिकाले श्रम स्वीकृति दिन सुरु गरेको छ।
लालझाडी गाउँपालिकाका अध्यक्ष निर्मल रानाले वैदेशिक रोजगारीमा जान आवश्यक पर्ने श्रम स्वीकृतको निस्सा प्रदान गरेर श्रम स्वीकृत दिन प्रारम्भ गर्नुभएको हो।नेपाल सरकार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले स्थानीय तहमै श्रम स्वीकृत दिने निर्णय अनुसार बुधवारबाट लालझाडी गाउँपालिकाले समेत श्रम स्वीकृति दिन थालेको अध्यक्षका स्वकीय सचिव अमर सिंह धामीले जानकारी गराउनुभयो ।
उहाँका अनुसार बुधवार लालझडी गाउँपालिका बाट सुरेश रानालाई पहिलो श्रम स्वीकृतिको निस्सा दिएर सुरुवात गरिएको जनाए । आफ्नै गाउँबाट श्रम स्वीकृत पाउने भएपछि युवाहरु हर्षित भएका छन् ।
प्रतिक्रिया दिनुहोस