माधब पौडेल,१८ माघ । कञ्चनपुरको पुनर्वास नगरपालिका-१० मा बिहीवार बिहान दोदापुलदेखि पश्चिम मसानघाट नजिक चितुवा देखिएको हो।
कुण्डा सब डिभिजन बन कार्यालय अधिकृत दिनेश कुमार यादवका अनुसार पुनर्वास १० दोदापुल देखि पश्चिम मसानघाट नजिक चितुवा हिडेको खुट्टाको पाइला देखिएको छ।उक्त क्षेत्र आसपासमा उखुबारी घना भएकाले खोजीकार्य गर्न गाह्रो भएको बताउदै ड्रोन क्यामराको मद्दतले खोजी गरिने समेत बताउनुभयो। कुण्डा सब डिभिजन वन कार्यालयको वन कार्यालयका कर्मचारी र ईलाका प्रहरी कार्यलय त्रिभुवन बस्तीको प्रहरी निरीक्षक श्री हेमराज भट्टको टोली फिल्डमा खटिएका छ। वन अधिकृत यादवले उखुबारीमा काम गर्न जाँदा सतर्कता अपनाउनु हुन आग्रह गर्नुभएको छ।

प्रतिक्रिया दिनुहोस