माधब पौडेल १७ माघ।कञ्चनपुरको बेलौरी नगरपालिका वडा नम्बर ५ बन्तरियामा राम सिंह कार्कीको घर नजिकैको गोठमा आगलागी हुदा काठ भुसा,काठको धान राख्ने भकारी लगायत सामाग्री पुर्ण रुपमा जलेको छ।
बाख्राका पाठालाई जाडो बाट बचाउनका आगोमा सेकाउने क्रममा मंगलबार राती बालेको आगो निभाउन राती बिर्सिएको राम सिंह कार्की बताउनुभयो ।बिहान एक्कासि गोठमा आगलागी भएको देखेपछि प्रहरी र स्थानीय जनप्रतिनिधि लाई खबर गरे पश्चात् प्रहरी स्थानीयको मद्दतमा पानीको मोटरको पानीले नियन्त्रणमा लिन नसकेपछि पुनर्वास नगरपालिकाको दमकल र जेसिबीको सहायतामा आगो लाई नियन्त्रण लिएको बेलौरी नगरपालिकाका नगरप्रमुख पोतिलाल चौधरीले जानकारी दिनुभयो।गोठमा गहुँको भुस्सा भएकाले पनि सजिलै आगो नियन्त्रण गर्न नसकिएको बेलौरी नगरपालिका वडा नम्बर ५ का वडाध्यक्ष लाल बहादुर चौधरीले जानकारी दिनुभयो।बर्सेनि आगलागीको घटना भएपनी बेलौरी नगरपालिका सित अग्नि नियन्त्रक दमकल नहुदा बाहिरबाट मगाउदा समय लाग्ने हुँदा आगलागीबाट धनजन नस्ट भैसक्ने हुँदा समयमै नियन्त्रणमा लिन नसकिने स्थानीयको भनाइ छ।गर्मी दिन सुरु भए संगै आगलागी घटनाको बढी जोखिम भएपनी बेलौरी नगरपालिकामा रहेको विपद ब्यवस्थापन शाखाले अहिलेसम्म पुर्व तयारीका विषयमा कुनै ठोस कदम चाल्न सकेको छैन।
प्रतिक्रिया दिनुहोस