२०८१ माघ २७, आईतबार | Sun, 09, Feb, 2025

त्रिभुवन मा.विको ५१ औँ बार्षिकोत्सव:- शैक्षिक गुणस्तर बृद्धिमा प्रतिबद्धता 


  • २०८० माघ १५, सोमबार मा प्रकाशित १ साल अघि
  • ३६४ पाठक संख्या
  • केशव थापा, माघ १५कञ्चनपुरको बेलौरी नगरपालिका रतनपुरमा रहेको त्रिभुवन माध्यामिक विद्यालयको बार्षिकोत्सव सम्पन्न भएको छ । बेलौरी नगरपालिका ९ रतनपुरमा रहेको त्रिभुवन माध्यामिक विद्यालयको ५१औँ बार्षिकोत्सव सम्पन्न भएको हो ।

    प्रद्यानाध्यापक हरिश प्रशाद ओझाले विद्याललयको बार्षिक प्रगति प्रतिवेदन प्रस्तुत गर्दै शैक्षिक गुणस्तर बृद्धिमा जोडदिएका छन । प्रधानाध्यापकओझाले ग्रामिण भेगको विद्यालयमा पछिल्ला बर्षहरुमा शैक्षिक स्तर बृद्धि भईरहेको बताउँदै भावि दिनमा समेत गुणस्तर बृद्धिमा अभिभावक एव सरोकारवालाई विश्वास दिलाउनु भएको छ । कार्यक्रमका प्रमुख अतिथि समेत रहेका बेलौरी नगरपालिका प्रमुख पोतिलाल चौधरीले त्रिभुवन विद्यालयले गरेको शैक्षिक बृद्धि विकासको प्रसंसा गर्दै नगरपालिकाबाट शैक्षिक बृद्धिमा आवश्यक सहयोग गर्ने प्रतिबद्धता जनाउनुभएको छ।

     कार्यक्रममा बोल्दै बिशिष्ठ अथिति बेलौरी नगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष किसान सिह रानाले समेत वडामा रहेको सामुदायिक विद्यालयको बृद्धि विकासमा जोडदिनुभयो। कार्यक्रममा विद्यालयको शैक्षिक स्तर बृद्धिका लागि भूमिका निर्वाह गरेका शिक्षकहरुलाई सम्मान गरिएको छ ।

    रामेश्वर प्रशाद भट्ट,राम ब. साउद,तर्कराज भट्ट,जनक भट्ट, पशुपति विष्ट,ईश्वरी भट्टलाई सम्मान गरिएको छ । कार्यक्रममा उत्कृष्ठ विद्यार्थी, एव आन्तरिक प्रतियोगितामा विजेता विद्यार्थीलाई समेत सम्मान गरिएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष किशोर कुमार चुनाराको अध्यक्षतामा भएको कार्यक्रमको संचालन शिक्षक तर्कराज भट्टले गरेका थिए । कार्यक्रममा सुदूरको लोक सस्कृति सरक्षणका नृत्य प्रस्तुत गरेका थिए । कार्यक्रममा सरोकारवाला सहित, शिक्षक, अभिभावक विद्यार्थीको सहभागिता रहेको थियो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट