कञ्चनपुर,१२ माघ । कञ्चनपुरको कृष्णपुर नगरपालिकाले स्वास्थ्य तर्फका कर्मचारी भर्ना प्रकृयामा कुनै चलखेल नभएको जनाएको छ । शुक्रबार नगरपालिकाले आफ्नै सभा हलमा पत्रकार सम्मेलन गर्दै हेल्थ असिस्टेन्ट पदका लागि खोलिएको विज्ञापनमा कुनै पनि चलखेल नभएको जनाएको हो ।हेल्थ असिस्टेन्ट र अहेब पदका लागि २०८०मंसिर १८ खोलिएको विज्ञापन अनुरुप पहिलो चरणमा हेल्थ असिस्टेन्टको सुचि तयार गरिएको जनाएको छ । स्वास्थ्य तर्फका कर्मचारी भर्नाको विषयमा कृष्णपुरका नगरपालिका २ का वडाध्यक्ष एव कार्यपालिका सदस्य अर्जुन सिह साउदले कर्मचारी भर्नामा मेयर हेमराज ओझाले चलखेल गरिरहेको समाजिक सञ्जाल मार्फत स्टाटस लेखेपछि नगरपालिकाले उक्त विषय सहित प्राविधि कर्मचारी र गडबिजला पार्कको विषयमा आफ्ना विषयबस्तु बारे पत्रकार सम्मेलन गरेको थियो ।
कृष्णपुर नगरपालिका स्वास्थ्य शाखा प्रमुख रतन सिह विष्टले स्थानीय तहमा आधारभूत स्वास्थ्य सेवा केन्द्र निर्माण तथा सेवा संचालन कार्यविधी ०७५ अनुरुप संक्षिप्त सुचि तयार गरिएको बताउदै कार्यपालिका बैठकबाट कर्मचारी भर्ना गर्न लागिएको बताउनुभयो ।नगरका ९वटै वठामा स्वास्थ्यका कर्मचारी अभाव भएकाले गुणस्तरिय स्वास्थ्य सेवा दिन नसकेको अवस्थामा भर्ना खोलिएको र दरबन्दीमा अन्यन्त्रबाट आएका कर्मचारीलाई स्वास्थ्य मन्त्रालयको काज फिर्ता गर्ने निर्णय अनुरुप नगरपालिबाट फिर्ता गराएको र रिक्त रहेका पदमा कर्मचारी भर्ना गर्न लागिएको समेत स्वास्थ्य शाखा प्रमुख बिष्टले बताउनुभयो।
८ जना पदपूर्तिका लागि छनौट भएका सबैको आवश्यक कागजपत्र हेरेर गरिएको र यदी कसैले अनुभव फर्जी पेश गरेको भए स्वयम जिम्मेबार हुने बताउदै अहेब तर्फ १सय ४ जनाको दरखास्त परेको जानकारी दिनुभयो।परीक्षाका चरण थुप्रै छन, यो त सर्टलिष्ट मात्रै तयार गरिएको हो।कर्मचारी भर्नामा अनियमिता एव चलखेल भएको छैन ।
कृष्णपुर नगरपालिका प्रवक्ता मोहन बस्नेतले आवश्यकता भएकै कारण कर्मचारी भर्ना गर्न खोजिएको बताउदै। सर्टलिष्टमा परेका सबै कर्मचारी नगर प्रमुखको कुनै हस्तक्षेप आफन्त नभएको समेत बताउनुभयो।कार्यपालिका बैठकबाट कर्मचारी भर्नाका लागि निर्णय अनुरुप कामकाज अघि बढेको समेत प्रवक्ता बस्नेतले बताउनुभयो।कृष्णपुर नगरपालिका ५का वडाध्यक्ष टेक पाण्डेयले नगरपालिकामा भईरहेका कर्मचारी भर्ना, सरुवा, काज फिर्ता जिम्मेबारीमा कुनै पनि हस्तक्षेप दवाव नभएको बताउनुभयो ।
मन्त्रालयकै स्वीकृत अनुरुप पशु स्वास्थ्य शाखा प्रमुख मान ब. केसीलाई निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेबारी दिएको बताउदै चालु बर्षदेखि गत विगतका वडा सहित नगरका योजनाहरु सप्पन्न भएका योजनाको रकम भुक्तानी लगायत कर्मचारीको तलब निकासा गर्ने समेत गाह्रो भएकाले निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेबारी दिईएको हो ।प्रवक्ता बस्नेतले गडबिजला ईकोपार्क विस्तारमा वनले काम रोकेको बताउँदै त्यसमा आईई प्रतिवेदन पुर्नविचार भईरहेको बताए । प्रवक्ता बस्नेतले कार्यालयमा आवश्यकता भन्दा बढि भएका प्राविधिक कर्मचारीलाई फिर्ता पठाउन लागेको बताउनुभयो।

प्रतिक्रिया दिनुहोस