हरिश्चन्द्र बाग, कञ्चनपुर, ०७ माघ । कञ्चनपुरको बेलौरी बजारमा अवस्थित कालिका मन्दिरमा अखण्ड रामायण पाठ भइरहेको छ । यही माघ ८ गते भारतको अयोध्यामा राम मन्दिरको प्राण प्रतिष्ठाको अवसर पारेर आइतबारदेखि अखण्ड रामायण पाठ सञ्चालन गरिएको मुख्य कर्ता प्रकाशराज पन्तले बताउनु भयो । योसँगै बेलौरी नगरपालिकामा रहेका सबै मन्दिरहरूमा दीप प्रज्वलन तथा पूजा अनुष्ठानको कार्यक्रम समेत रहेको बताइएको छ । सम्पूर्ण बेलाैरीवासीहरूमा सहभागिताका लागि आमन्त्रण गरिएको छ ।
यस्तो छ कार्य तालिका :
१. अखण्ड रामायण पाठ : २०८०/१०/०७ गते बिहानदेखि ०८ गतेसम्म
२. भजन कीर्तन : २०८०/१०/०८ गते बिहान १० बजेदेखि दिउँसो २ बजेसम्म
३. श्रीकृष्ण मन्दिर रिछाहादेखि बजार हुँदै कालिका मन्दिरसम्म परिक्रमा २०८०/१०/०८ गते दिउँसो २:३० बजेदेखि
४. भण्डारा तथा प्रसाद वितरण : २०८०/१०/०८ गते दिउँसो २:३० बजेदेखि
५. घरघरमा दीप प्रज्वलन तथा दीपावली : २०८०/१०/०८ गते बेलुका ६:३० बजेदेखि
आआफ्नो गाउँ टोलमा रहेका हरेक मन्दिरहरूमा दीप बत्ती तथा पूजा अर्चनामा सरिक भइदिन हुन समेत सबैमा अनुरोध गरिएको छ ।
प्रतिक्रिया दिनुहोस