कञ्चनपुर, ०३ माघ कञ्चनपुरका चार वटा पालिकाहरूले चिसो बढेसँगै विद्यालयमा बिदा दिएका छन् । कञ्चनपुरका कृष्णपुर नगरपालिका, शुक्लाफाँटा नगरपालिका, बेलौरी नगरपालिका र बेलडाँडी गाउँपालिकाले भोलि र पर्सि दुई दिन विद्यालयमा बिदा दिने निर्णय गरेका हुन् । मौसममा सुधार नभई चिसो बढ्दै गएको कारणले विद्यार्थीहरूको स्वास्थ्यमा प्रतिकुल असर पर्ने भएको हुँदा शुक्रबारसम्म पालिका अन्तर्गतका सामुदायिक तथा संस्थागत विद्यालयहरूमा थप बिदा गर्न निर्देशन गरिएको छ । अधिकांश सामुदायिक विद्यालयहरूमा एक हप्तादेखि जाडो बिदा दिइएको थियो।
प्रतिक्रिया दिनुहोस