२०८३ अषाढ १, सोमबार | Mon, 15, Jun, 2026

कोरिया कर्मथलो बनाएका कलौनीले छोरीको जन्मदिनमा खुवाए वृद्धहरुलाई फलफुल


  • २०८० पौष २८, शनिबार मा प्रकाशित २ साल अघि
  • ६३१ पाठक संख्या
  • कञ्चनपुर,२८ पौष।कञ्चनपुरको वेदकोट नगरपालिका ९ लालपुरका स्थानीय एवम सुदुर पश्चिमखबर डटकमका सम्पादक समाजसेवी कला स्ंस्कृती प्रेमी युवा बिरेन्द्र कलौनीले आफ्नो छोरीको जन्मदिन वृद्धाश्रममा मनाउनु भएको हो।
    उनले आफ्नी छोरी आरवि कलौनीको पहिलो जन्मदिनको अवसरमा कञ्चनपुरको वेदकोट नगरपालिका ७ मा रहेको श्री बैजनाथ धाम ज्येष्ठ नागरिक सेवा केन्द्रमा रहेका १३ जना वृद्धवृद्धा हरुलाई फलफूल वितरण गरेको परिवारले जनाएको छन् । बिरेन्द्र कलौनी हाल कोरियामा कार्यरत हुनुहुन्छ।

    आरविका जेठा बुवा तथा युवा सर्जक प्रकाश कलौनीले घरमा लक्ष्मी आगमनको १ वर्ष पूरा भएसँगै वृद्ध आमाबुबाको आशीर्वाद प्राप्त गर्न पाउँदा खुसी व्यक्त गरे। उनले भने ‘घरमा लक्ष्मी आगमनको एक वर्ष पूरा भएको छ यो महत्वपूर्ण दिनमा वृद्ध आमाबुवा संग आशीर्वाद प्राप्त गर्न पाउँदा खुसी लागेको छ।’ भाइ हाल कोरियामा भएपनि स-परिवार वृद्ध आश्रममा गएर फलफूल वितरण गरेको युवा सर्जक कलौनीले बताउनुभयो। पछिल्लो समय युवाहरु आफनो जन्मदिन होटलमा गएर मनाउने र फजुल खर्च गर्ने परिवेष रहेको अवस्थामा आफुले होटलमा गएर फजुल खर्च गर्न नचाहेर वृद्ध आमाबुबालाई फलफूल वितरण गरेर जन्मदिन मनाएको उनको भनाइ रहेको छ । साथै हरेक युवाहरुले होटलमा गएर आफनो जन्मदिन मनाउनु खर्च गर्नु भन्दा वृद्धाश्रममा आएर सहयोग गर्न उनले आग्र गर्नुभयो।

    श्री बैजनाथ धाम ज्येष्ठ नागरिक सेवा केन्द्रका कर्मचारी बहादुर बिष्टले आरवी कलौनीलाई पहिलो जन्मदिनको शुभकामना व्यक्त गर्दै जन्मदिनको अवसरमा वृद्धाश्रममा आएर असहाय वृद्धवृद्धालाई सहयोग गरेकोमा आभार प्रकट गरे। साथै बिष्टले सबैलाई होटलमा गएर फजुल खर्च नगरी असहाय वृद्धवृद्धालाई आफूले सकेको सहयोग गर्न समेत आग्रह गर्नुभयो।

    युवा सर्जक प्रकाश कलौनीले पनि केही दिन अघि मात्रै आफ्नो छोराको ५ औँ जन्मदिनको अवसरमा अनाथालयमा शैक्षिक सामग्री तथा फलफूल वितरण गर्नुभएको हो।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट