२०८२ बैशाख १५, सोमबार | Mon, 28, Apr, 2025

बेलौरीमा पनि मनाइयो ३०२ औं पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस


  • २०८० पौष २७, शुक्रबार मा प्रकाशित १ साल अघि
  • ३६४ पाठक संख्या
  • माधब पौडेल,२७ पुस।कञ्चनपुरको बेलौरीमा पनि ३०२ औं  पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइएको छ ।

    कार्यक्रम मुल आयोजक समितिका अध्यक्ष टेक बहादुर साउदको अध्यक्षता बेलौरी नगरपालिकाका नगर उपप्रमुख जोगराम चौधरी प्रमुख आतिथ्यता ,प्रेम सिंह बोहरा बिशिस्ट अतिथीमा अतिथिमा शिक्षाप्रेमी बुद्धिजीवी केशवराज जोशी,हर्क सिंह कुवर,कार्यक्रम मुल आयोजक समितीका सदस्य दिल्ली शाही,उद्योग बाणिज्य संघका पुर्वअध्यक्ष यज्ञ कणेल लगायत विभिन्न पार्टी प्रतिनिधिको उपस्थिति रहेको थियो।बेलौरी बजार मा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल नेपाल, भूतपूर्व सैनिक, विभिन्न जातजाति, समुदाय, विद्यालयका बिद्यार्थी ,शिक्षक लगायतको सहभागिता रहेको थियो।

     प्रभात फेरी गरी शुक्रबार बेलौरी बाल उद्यानमा पृथ्वी जयन्ती तथा राष्ट्रिय एकता दिवस मनाइएको हो । राष्ट्र निर्माता पृथ्वी नारायण शाहको तस्बिरमा माल्यार्पण, बजार परिक्रमा, विभिन्न विद्यालयका तर्फबाट नृत्य तथा अन्य प्रस्तुतिहरु, कार्यक्रममा बोल्ने बक्ताहरुले सारगर्भित र पृथ्वी जयन्ती तथा राष्ट्रिय एकतासँग सान्दर्भिक मन्तव्यहरू राखिएको थियो । कार्यक्रमको सञ्चालन शिक्षक खडक शाहले गर्नुभएको थियो।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट