२०८२ बैशाख १५, सोमबार | Mon, 28, Apr, 2025

वेदकोट नगरपालिकाको १४ औं नगर सभा तथा हिउँदे अधिवेशन सम्पन्न


  • २०८० पौष २६, बिहिबार मा प्रकाशित १ साल अघि
  • ३८२ पाठक संख्या
  • प्रकाश भट्ट,२६ पौष।कञ्चनपुरको वेदकोट नगरपालिकाको १४ औं नगर सभा तथा हिउँदे अधिवेशन बिहीबार सम्पन्न भएको छ । वेदकोटका नगर प्रमुख भोजराज बोहराको अध्यक्षतमा सम्पन्न नगर सभाबाट विभिन्न कानुन पारित गरिएका छन् । वेदकोट नगर कार्यापालिकाका निर्णय सभाबाट अनुमोदन गरिएका छन् ।

    सभाबाट विद्यालय भवनमा साझेदारी र सुरक्षित मातृत्व तथा प्रजनन स्वस्थ्यको अधिकार व्यवस्था गर्न बनेको विधेयक २०८०, सार्वजनिक निजि साझेदारी विधेयक २०८० पारित गरिएका छन् ।  सभाबाट सडक, पुल, तटबन्ध निर्माण लगायतका ठूलो लगानीका योजना निर्माणका लागि संघीय सरकारसंग माग गरिएको छ ।नगर सभाबाट दैजी जोगबुडा सडक, सुडा–मुसेपानी– गैरखान सडक निर्माण कार्य सम्पन्न गर्न सुदूरपश्चिम प्रदेश सरकारसित पहल गर्ने निर्णय गरिएको छ ।  यस्तै वेदकोट नगरपालिकाकाले भीमदत्त नगरपालिका ६ का वडा अध्यक्ष महेन्द्र खड्काको निधनमा शोक मनाएको छ।

    वेदकोट नगरपालिकाको नगर सभामा स्वर्गिय खड्काप्रति श्रद्धाञ्जली व्यक्त गर्दै मौन धारण गरिएको थियो भने वेदकोटका नगर प्रमुख भोजराज बोहराले वडा अध्यक्ष खड्कालाई श्रद्धाञ्जली दिएर परिवारमा समवेदना दिएका छन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट