हरिश्चन्द्र बाग, कञ्चनपुर, २६ पुस । कञ्चनपुरको भीमदत्त नगरपालिकाका नगर प्रवक्ता एवं वडा नं. ६ का वडाध्यक्ष महेन्द्र खड्काको सडक दुर्घटनामा परी मृत्यु भएको छ । बिहीबार बिहान सोही वडाको नहर किनारको पक्की सडकखण्डमा खड्कालाई मृत अवस्थामा फेला पारेको कञ्चनपुर प्रहरीले जनाएको छ । सडकमा मोटरसाइकल र मानिस पल्टिएको खबर पाएपछि प्रहरी टोली घटनास्थलमा पुगेको र घटनासम्बन्धी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जानकारी दिएको छ ।
प्रतिक्रिया दिनुहोस