केशव भट्टराई,२६ पौष ।कञ्चनपुरको दक्षिणी क्षेत्र पुनर्वासमा रहि विभिन्न विद्यामा कलम चलाउँदै आएका सञ्चारकर्मी हरिलाल जोशी सम्मानित भएका हुनुभएको छ।
बुधबार पुनर्वास नगरपालिका–३ मा अवस्थित कालिका कृषि बहुउद्धेश्यीय सहकारी संस्था लिमिटेडको १४ औं वार्षिक साधारण सभाबाट सञ्चारकर्मी जोशी सम्मनित भएका हन् ।सञ्चारकर्मी जोशीले सहकारी संस्थाको विभिन्न कार्यक्रम एवं कारोवारहरुको उजागर हुने गरी समाचार लेखन तथा प्रकाशन गरी संस्थाको उन्नती तथा प्रगतीमा उल्लेखनिय सहयोग पु¥याएकोमा सम्मान गरिएको सहकारीका अध्यक्ष शुकबहादुर तामाङले जानकारी दिनुभयो।
हरेक कार्यको प्रभावका विषयमा उठान गर्ने निकाय नै पत्रकारिता जगत भएकाले आगामी दिनमा पनि संस्थाका यथार्थ विषयका खोजमुलक रुपमा कलम चलाउनुहुनेछ भन्ने विश्वास रहेको अध्यक्ष तामाङले बताउनुभयो ।२०६८ साल असार मसान्तदेखि पत्रिकाको हकरबाट पत्रकारिता क्षेत्रमा घुसेका सञ्चारकर्मी जोशी श्रम–सृजना राष्ट्रिय दैनिक, हेल्लो पुनर्वास राष्ट्रिय दैनिक र बागमती टेलिभिजनमा गरी एक दशक बिताएका छन् । उनी एकवर्ष देखि सुदुरपश्चिम सुनौलो मिडिया नेटर्वक प्रा.लि.को आफै सञ्चालक भई कैलाली र कञ्चनपुरमा विश्व खोज दैनिक पत्रिका सञ्चालन गर्दै आइरहनुभएको छ।
प्रतिक्रिया दिनुहोस