२०८३ अषाढ १, सोमबार | Mon, 15, Jun, 2026

सुदूरपश्चिम प्रदेश सभाअन्तर्गतका चार वटा विषयगत समितिका सभापतिहरूद्वारा पदभार ग्रहण


  • २०८० पौष २६, बिहिबार मा प्रकाशित २ साल अघि
  • ४३० पाठक संख्या
  • कञ्चनपुर । सुदूरपश्चिम प्रदेश सभाअन्तर्गतका चार वटा विषयगत समितिका सभापति एक वर्षपछि निर्विरोध निर्वाचित भएका छन् । सत्तारुढ दलबिच भागबन्डामा कुरो मिलेपछि चार वटै समितिको नेतृत्व आज निर्विरोध चयन भएको हो । विधायन तथा प्रदेश मामिला समितिको सभापतिमा नेपाली काँग्रेसका दिवानसिंह बिष्ट, सार्वजनिक लेखा समितिमा नेकपा एमालेका वीरबहादुर थापा, अर्थ विकास तथा प्राकृतिक स्रोत समितिमा नागरिक उन्मुक्तिका घनश्याम चौधरी र सामाजिक विकास समितिमा नेकपा एकीकृत समाजवादीकी माया पन्त चुनिएका हुन् । चारै जना सभापतिहरूलाई बुधबार सुदूरपश्चिम प्रदेशका सभामुख भीमबहादुर भण्डारीले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका छन् । नेकपा माओवादी केन्द्रले भने प्रदेश सभा बैठक सञ्चालन भएपछि बन्ने विशेषाधिकार समितिको सभापति पाउने सहमति भएको बताइएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट