२०८२ बैशाख १५, सोमबार | Mon, 28, Apr, 2025

लालझाडी गाउँपालिका : गाउँ सभाको १५ औँ अधिवेशन 


  • २०८० पौष २५, बुधबार मा प्रकाशित १ साल अघि
  • २६९ पाठक संख्या
  • हरिश्चन्द्र बाग, कञ्चनपुर, २५ पुस । कञ्चनपुरको लालझाडी गाउँपालिका कार्यालयले गाउँ सभाको १५ औँ अधिवेशन सुरु गरेको छ । लालझाडी गाउँपालिकाका अध्यक्ष निर्मल रानाको सभापतित्वमा बुधबारबाट सुरु गरिएको अधिवेशनमा गाउँपालिका उपाध्यक्ष सपना चौधरी रानाले प्रस्तुत गर्नुभएको चालुआर्थिक वर्ष २०८०।०८१ को अर्धवार्षिक प्रगति प्रतिवेदन र न्यायिक समितिको प्रतिवेदनमाथि छलफल गरी सभाबाट पारित गरिएको छ । त्यसैगरी विधायन समितिका संयोजक पहल बहादुर थापाले प्रस्तुत गर्नुभएको लालझाडी गाउँपालिकाको संगठन तथा व्यवस्थापन सर्वेक्षण (O & M) प्रतिवेदनमाथि छलफल तथा पारित गरिएको छ ।यसका अतिरिक्त गाउँपालिकाका विविध क्षेत्रमा भए गरेका विकास निर्माण तथा समसामयिक विषयहरूमाथि गहन छलफल र समीक्षा गर्दै आगामी दिनका कार्ययोजना अनुरुप अगाडि बढ्ने लगायतका विषयमा निर्णय गरिएको लालझाडी गाउँपालिकाका प्रवक्ता आशाराम रानाले जानकारी दिनुभयो । अधिवेशनको सहजीकरण लालझाडी गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत एवं सभाका सदस्य सचीब राज बहादुर सार्कीले गर्नुभएको थियोे । सो अधिवेशनको पहिलो बैठकमा सभाका सदस्यहरूले आआफ्ना प्रश्न, जिज्ञासा, धारणा तथा सुझाव राख्नु भएको छ । गाउँपालिका अध्यक्ष र उपाध्यक्षले तिनीहरूको जवाफ दिनुभएको थियोे । अधिवेशनको दोस्रो बैठकका लागि अर्को दिन सूचना गरिने अध्यक्ष निर्मल रानाले बताउनु भयो ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट