२०८३ अषाढ १, सोमबार | Mon, 15, Jun, 2026

सानो बन्दतालको अतिक्रमित जमिनमा चल्यो बेलौरी नगरपालिकाको डोजर


  • २०८० पौष २०, शुक्रबार मा प्रकाशित २ साल अघि
  • २६४० पाठक संख्या
  • माधब पौडेल,२० पौष।कञ्चनपुरको बेलौरि नगरपालिका वडा नम्बर १ मा पर्ने सानो बन्दतालको अतिक्रमित जमिन नगर प्रमुख पोतिलाल चौधरी लगायत स्थानीय प्रशासनको सहयोगमा खाली गरिएको छ।

    शुक्रबार बेलौरी नगरपालिका कार्यालयले वडा कार्यालयको  समन्वयमा साबिक लक्ष्मिपुर वडा नम्बर ६ मा रहेको कित्ता नम्बर ३८६ मा रहेको ४ बिघा १२ कट्ठा १९ धुर अतिक्रमित भु भागमा लगाइएको तोरि,गहुँ र  बनेका भौतिक संग्रचना खाली गर्न डोजर चलाइएको बेलौरी नगरपालिकाका नगर प्रबक्ता हर्क बहादुर भुलले जानकारी दिनुभयो।बेलौरी नगरपालिका वडा १ को कार्यालयले २०८० जेठ २ गते ३५ दिन भित्र सो अतिक्रमित जमिन खाली गर्नका लागि समय सिमा दिए पनि खाली नगरेपछि खाली गराइएको वडाध्यक्ष धन बहादुर बिष्टले जानकारी दिनुभयो । पालिकाले सो सानो बन्दतालको जमिनको सिमाङ्कन गरि छुट्याए पनी बिगतका बर्षदेखि भोगचलन गर्दै आएका ब्याक्तीहरुले सो जमिनमा खेती गरेकाले सो जमिनमा लगाएको खेती नस्ट गरिएको बेलौरी नगरपालिका वडा नम्बर १ का वडाध्यक्ष धन बहादुर बिष्टले जानकारी दिनुभयो।

    बेलौरी नगरपालिकाका नगरप्रमुख पोतिलाल चौधरी,नगर उपप्रमुख जोगराम चौधरी ,वडा सदस्य ,सुरक्षाकर्मी लगायत स्थानीय बासिन्दाको उपस्थिति रहेको थियो।  खाली गराइएको भु भागमा निकट भबिस्यमा मिनि पर्यटकिय क्षेत्रको रूपमा बिकास गरिने समेत प्रबक्ता भुलले बताउनुभयो।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    २१%२%१%१%२%२%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट