कञ्चनपुर, १५ पुस । कञ्चनपुरको लालझाडी गाउँपालिका ६ चानदेव ढक्का स्थित बेलौरी-कलुवापुर सडकखण्डमा भएको सवारी दुर्घटनामा एक बालिकाको मृत्यु भएको छ । सु.प.प्र. ०१००२ त ७०१३ नम्बरको ट्याक्टरको ठक्करबाट सोही ठाउँ बस्ने भूपेन्द्र सिंहको छोरी ११ वर्षीया अमृता सिंहको घटना स्थलमै मृत्यु भएको हो । ट्याक्टर र ट्याक्टर चालक शुक्लाफाँटा नगरपालिका १२ बस्ने ४० वर्षीय मान बहादुर रानालाई प्रहरीले नियन्त्रणमा लिई दुर्घटना सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
प्रतिक्रिया दिनुहोस