२०८१ मंसिर २०, बिहिबार | Thu, 05, Dec, 2024

प्रेस सेन्टर नेपाल सुदूरपश्चिम प्रदेशको साधारणसभामा पत्रकार बिष्ट सम्मानित


  • २०८० पौष ११, बुधबार मा प्रकाशित ११ महिना अघि
  • २३८ पाठक संख्या
  • कञ्चनपुर,११ पौष। कञ्चनपुरका पत्रकार मोहन बिष्ट सम्मानित भएका छन्। प्रेस सेन्टर सुदूरपश्चिम प्रदेशका सचिव समेत रहेका पत्रकार बिष्टलाई प्रेस सेन्टर नेपाल सुदूरपश्चिम प्रदेशको साधारण सभामा सम्मान गरिएको हो। ग्रामीण भेगका जनताका समस्याको उठान गरी निरन्तर आवाज उठाएको भन्दै पत्रकार बिष्टलाई सम्मान गरिएको जनाइएको छ।

    त्यसैगरी कार्यक्रमबाट पत्रकार बिष्ट सहित सुदूरपश्चिमका ७ पत्रकारलाई सम्मान गरिएको छ। सम्मानित हुनेमा प्रेस सेन्टर नेपालका सचिव उन्नती चौधरी, सुदूरपश्चिम प्रदेश सचिव मोहन विष्ट, सुरेन्द्र ताम्राकार, अछाम जिल्ला अध्यक्ष नरेन्द्र रावल, दार्चुला जिल्ला अध्यक्ष हरिप्रसाद जोशी, बाजुराकी पत्रकार सोधा नेपाली र डोटीका पत्रकार किरण धामी रहेका छन् । कृष्णपुरमा आयोजित कार्यक्रममा पूर्व सभामुख तथा नेकपा माओवादी केन्द्रका प्रवक्ता अग्निप्रसाद सापकोटाले पत्रकारहरूलाई प्रमाणपत्रसहित सम्मानित गरेका छन् ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट