माधब पौडेल ११ पौष। कञ्चनपुरको बेलौरी नगरपालिका वडा नम्बर ३ पुनर्वास नगरपालिका वडा नम्बर १ सिमानामा बस्दै आउनुभएका र हाल भारतको बैंग्लोर रोजगारीको सिलसिला बस्दै आइरहेको तिरुवा परिवारको ग्यास लिक भइ आगलागी हुँदा २८ वर्षीय सन्देश तिरुवाका घरपरिवारलाई राहत स्वरुप बेलौरी नगरपालिका कार्यालयको बिपद ब्यवस्थापन समितिले नगद रकम सहित आवश्यक सामाग्री हस्तान्तरण गरेको छ।
सन्देश तिरुवाको श्रीमती २६ वर्षीया निकला, छोरा तीन वर्षीय रोहन तिरुवा, डेढ वर्षीय रोशन तिरुवा र १५ वर्षीया छोरी रोशनी तिरुवा जलेर घाइते भएका थिए। भने उपचारको क्रममा ४ जनाको मृत्युु भैसकेको छ भने डेढ वर्षीय रोशन तिरुवाको उपचार भइरहेको छ।
बुधबार बेलौरी नगरपालिकाका नगरप्रमुख पोतिलाल चौधरी र नगर प्रबक्ता हर्कबहादुर भुलले घाइते परिवारजन तिरुवाको निवासमै पुगि रु २५ हजार नगद रकमसहित न्यानो कपडा,खाद्यान्न लगायतका सामाग्री हस्तान्तरण गरिएको बेलौरी नगरपालिकाका प्रबक्ता हर्कबहादुर भुलले जानकारी दिनुभयो।
प्रतिक्रिया दिनुहोस