२०८२ माघ ९, शुक्रबार | Fri, 23, Jan, 2026

महाकाली बहुमुखी क्याम्पसको चौथो साधारणसभा सम्पन्न अध्यक्षका लागी पुनः बिष्ट सिफारिस 


  • २०८० पौष ७, शनिबार मा प्रकाशित २ साल अघि
  • ९१४ पाठक संख्या
  • माधब पौडेल,०७पौष।कञ्चनपुरको बेलौरीमा रहेको महाकाली बहुमुखी क्याम्पसको चौथो साधारणसभा सम्पन्न भएको छ।

    शनिबार सम्पन्न साधारणसभाले क्याम्पस सञ्चालक समितिमा हरेन्द्र सिंह बिष्ट लाई पुनः अध्यक्षका लागि  सर्वसम्मत छनोट गरि त्रिभुवन विश्वबिधालयमा सिफारिस गरेको छ।

    साधारणसभाको सभापति महाकाली बहुमुखी क्याम्पसका अध्यक्ष हरेन्द्र सिंह बिष्ट,प्रमुख अतिथि बेलौरी नगरपालिका कार्यालयका नगरप्रमुख पोतिलाल चौधरी ,विशिष्ट अतिथी प्रेम सिंह बोहरा,हर्क सिंह बोहरा लगायत क्याम्पसका सम्पूर्ण आजिवन सदस्य, क्याम्पसका प्राध्यापकहरुको उपस्थिति रहेको थियो।

    कार्यक्रममा आर्थिक बर्ष २०७९/०८०को आर्थिक प्रतिबेदन र वाषिर्क प्रतिबेदन क्याम्पस प्रमुख धर्मराज जोशीले प्रस्तुत गर्नुभएको थियो।क्याम्पसमा हालसम्म १२३ जना आजिवन सदस्य र स्वबियु सभापति रहेको क्याम्पस प्रमुख जोशीले जानकारी दिनुभयो। महाकाली बहुमुखी क्याम्पस २०६४मा सञ्चालन भएको महाकाली बहुमुखी क्याम्पसमा अहिले स्नातकोत्तरसम्म पढाई भइरहेको छ। कार्यक्रम सञ्चालन क्याम्पसका प्राध्यापक चन्द्र प्रसाद पोखरेलले गर्नुभएको थियो।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट