२०८१ चैत्र ५, बुधबार | Wed, 19, Mar, 2025

बेलौरीमा ३ महिने ब्युटीसियन सम्वन्धी तालिम सुरु


  • २०८० पौष ७, शनिबार मा प्रकाशित १ साल अघि
  • ३८० पाठक संख्या
  • महेन्द्र भाट,०७ पौष। कञ्चनपुरको बेलौरी नगरपालिका वडा नम्बर ४ मा घरेलु तथा साना उद्योग कार्यालय कञ्चनपुरको आयोजनामा शनिबार ३ महिने ब्युटीसियन सम्वन्धी तालिम सुरु भएको छ।

    कार्यक्रमको सभापति बेलौरी नगरपालिका वडा नम्बर ४ वडाध्यक्ष अर्जुन ढकाल,प्रमुख अतिथि बेलौरी नगरपालिका वडा नम्बर ६ का वडाध्यक्ष भोजराज चौधरी बिशिस्ट अतिथि वडा सदस्य शिबराज राना र रुद्र प्रसाद अधिकारी ,स्थानीय सञ्चारकर्मी लगायत तालिममा सहभागी  प्रशिक्षार्थीहरुको सहभागिता रहेको थियो।

    कार्यक्रममा बोल्दै कार्यक्रमका प्रमुख अतिथि भोजराज चौधरीले यस क्षेत्रमा यो तालीम सञ्चालन गरेकोमा तथा साना उद्योग कार्यालय र बेलौरी नगरपालिका वडा नम्बर ४ कार्यालय लाई धन्यवाद दिदै तालिम लिएर ब्यवहारमा लागू गर्न सके आर्थिक अवस्था बलियो हुने समेत बताउनुभयो ।

    कार्यक्रमको समापनमा बोल्दै वडाध्यक्ष अर्जुन ढकालले लगनशील हुँदै तालिम सहभागी भएर ब्युटीसियन तालिम लिएर ब्यवहारिक पक्षमा लागू गर्नुपर्नेमा जोडदिनुयो।आफ्नो पहलमा प्रत्येक बर्ष तालिम सञ्चालन गर्दैआइरहेको बताउदै गत बर्ष २० जना प्रशिक्षार्थी लाई जिपकार ड्राइभिङ,ग्रिल  आल्मुनियम सम्बन्धि तालिम सञ्चालन गरेको समेत बताउनुभयो।तालिममा सहभागीहरु बेलौरी नगरपालिकाका १,४,५,६र ७ नम्बरका गरि २१ जना प्रशिक्षार्थीहरुको सहभागिता रहेको र कार्यक्रम यही पौष ०७ गतेदेखि सुरु भइ   तालिम चैत्र ०६ गते सम्म सञ्चालन हुने बताउनुभयो ।कार्यक्रमको प्रशिक्षक बिष्णुमाया कंडेलले आफुले प्रशिक्षण गराउने तालिम पुर्ण रुपले सिकाउने बताउनुभयो।कार्यक्रमको सञ्चालन घरेलु तथा साना उद्योग कार्यालय कञ्चनपुरका प्रशिक्षण अधिकृत कृष्णदेब भट्टले गर्नुभएको थियो।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट