२०८३ अषाढ १, सोमबार | Mon, 15, Jun, 2026

कञ्चनपुरका उखु किसानको अनुदान रकम भुक्तानी गर्न महालेखा नियन्त्रण कार्यालयलाई पत्राचार


  • २०८० पौष ३, मंगलबार मा प्रकाशित २ साल अघि
  • १६०४ पाठक संख्या
  • कञ्चनपुर , ०३पौष। सरकारले कञ्चनपुरका उखु किसानको गत बर्षको बाकी रहेको ३२ करोड रुपैयाँ अनुदानको रकम तत्काल भुक्तानी गर्न अर्थ मन्त्रालयले महालेखा नियन्त्रण कार्यालयलाई पत्राचार गरेको छ।

    कञ्चनपुरका उखु किसानहरुले अनुदान रकम यसै हप्ता भित्र पाउने र उखुको रकम वृद्धि गर्नेका लागी सरकारसग प्रस्ताव गरेको समेत सुदुरपश्चिम् किसान हक हित समितिका अध्यक्ष हरेन्द्र सिंह विष्टले बताउनुभयो।

    उखु किसानलाई कोष लेखा नियन्त्रण कार्यालय कञ्चनपुर  मार्फत रकम वितरण गर्नेछ। कञ्चनपुर किसान समितीका अध्यक्ष हरि चन्द ठकुरी, कञ्चनपुर क्षेत्र ३का प्रतिनिधि सभा सदस्य रमेश लेखक लगायतको टोलिले अनुदान रकमको लागि सरकारलाई ज्ञापन पत्र समेत पेश गरेका थिए।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    ४%२%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट