२०८३ अषाढ १, सोमबार | Mon, 15, Jun, 2026

बेलौरी छोटी भन्सार कार्यालय पुनः सञ्चालन गर्न आएका कर्मचारीहरूको टोलीलाई भब्य स्वागत


  • २०८० पौष २, सोमबार मा प्रकाशित २ साल अघि
  • १०२५ पाठक संख्या
  • बेलौरी, ०२ पुस । कञ्चनपुरको बेलौरीमा रहेको बेलौरी छोटी भन्सार कार्यालय पुनः सञ्चालनका लागि त्रिनगर भन्सार कार्यालय कैलालीले चार जना कर्मचारी पठाएको छ ।

    सुब्बा ज्ञानेन्द्र खत्रीको नेतृत्वमा चार जना कर्मचारी बेलौरी छोटी भन्सार कार्यालय पुग्नु भएको छ । कञ्चनपुर भन्सार कार्यालय मातहत रहेको बेलौरी छोटी भन्सार कार्यालयलाई २०७४ असारमा कैलाली भन्सार कार्यालय मातहत सारिएको थियो । २०७९ बैशाखदेखि बेलौरी भन्सार कार्यालय बन्द अवस्थामा रहेको थियो । भन्सार पुनः सञ्चालनका लागि सरोकारवाला सबै पक्षले बारम्बार सरकारलाई अनुरोध गर्दै आएकोमा सरकारले तत्काल कर्मचारी पठाउन भन्सार कार्यालयलाई निर्देशन दिएको थियो।

    यसैबिच, सोमबार बेलौरी पुग्नु भएका भन्सारका कर्मचारीहरूलाई बेलौरीमा भव्य स्वागत गरिएको छ । प्रतिनिधि सभा सदस्य तारा लामा तामाङ सहित बेलौरी नगरपालिकाका जनप्रतिनिधि, कर्मचारी, उद्योग वाणिज्य संघ बेलौरी, राजनीतिक दलका प्रतिनिधि, अभियन्ता समाजसेवी बुद्धिजीवी, उद्योगी व्यवसायी, सञ्चार उद्यमी, पत्रकार तथा सर्वसाधारण नागरिकहरूले कर्मचारीहरूलाई स्वागत गर्दै आवश्यक सहयोगका लागि तत्परता देखाउनु भएको छ । भन्सारका सुब्बा ज्ञानेन्द्र खत्रीले केही दिन कार्यालय व्यवस्थापनमा लाग्ने र त्यसपछि औपचारिक रूपमा भन्सार कार्यालयले नियमित कामकारबाही गर्ने बताउनु भएको छ ।

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    ५%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट