२०८३ अषाढ १, सोमबार | Mon, 15, Jun, 2026

बेलौरी नगरपालिका वडा नम्बर १० को नवनिर्मित वडा कार्यालय भवनको उदघाटन 


  • २०८० मंसिर ३०, शनिबार मा प्रकाशित २ साल अघि
  • १२१६ पाठक संख्या
  • माधब पौडेल , ३० मङ्सिर । कञ्चनपुरको बेलौरी नगरपालिका वडा नम्बर १० वडा कार्यालयको बेलौरी नगरपालिकाका नगर प्रमुख पोतिलाल चौधरीले शनिबार उदघाटन गर्नुभएको हो।

    कार्यकमको सभापतित्व बेलौरी नगरपालिका वडा नम्बर १० का वडाध्यक्ष सोमलाल चौधरी ,प्रमुख अतिथि बेलौरी नगरपालिकाका नगरप्रमुख पोतिलाल चौधरी ,बिशिस्ट अतिथी बेलौरी नगरपालिकाका नगर उपप्रमुख जोगराम चौधरी, अतिथिमा बेलौरी नगरपालिकाका निवर्तमान नगर उपप्रमुख चित्र कुमारी चौधरी,बेलौरी नगरपालिका अन्तर्गतका वडाध्यक्ष,कार्यपालिका सदस्य ,विभिन्न पार्टीका प्रतिनिधि  सुरक्षाकर्मी  लगायत समाजसेवी बुद्धिजीवी स्थानीयहरुको उपस्थिति रहेको थियो।

    उदघाटन कार्यक्रमको स्वागत मन्तव्य बेलौरी नगरपालिका वडा नम्बर १० वडा सदस्य जोगिलाल चौधरीले गर्नुभएको थियो।

    बेलौरी नगरपालिकाको आर्थिक बर्ष २०७८/०७९ को बिनियोजित बजेट बाट निर्माण भएको वडा कार्यालय भवनको २०७८ साल फागुन ३० गते सम्झौता भएको योजनाको २०८० मङ्सिर १ गते सम्पन्न भएको छ।भवन निर्माण गर्दा सम्झौता रकमको भ्याट सहित ६६ लाख ६१ हजार ८० रुपैयाँ ९ पैसामा बेलौरी नगरपालिका वडा नम्बर ४ मा रहेको गणेश निर्माण सेवाले निर्माण सम्पन्न गरेको हो। कार्यक्रममा बोल्दै प्रमुख अतिथी पोतिलाल चौधरीले समय अवागै भवन निर्माण गरेकोमा गणेश निर्माण सेवा र जग्गा सहयोग गर्न बिधालय लाई धन्यवाद ग्यापन गर्दै राम्रो काम गर्ने लाई प्रोत्साहन गर्नुपर्नेमा जोड दिनुभयो।बिगत भन्दा केही सहज भएको बताउदै बिगतको बजेट भन्दा अहिले बजेट घट्दै आइरहेकोले बिकाश निर्माणमा गति लिन नसकेको बताउनुभयो ।कार्यक्रममा भवन निर्माण समय अवागै निर्माण सम्पन्न गरेकोमा गणेश निर्माण सेवाका सञ्चालन दिलिप चन्द लाई सम्मानित गरिएको थियो।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    ९%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट