२०८१ कार्तिक २८, बुधबार | Wed, 13, Nov, 2024

बेलौरीमा रहेको रामनगर सामुदायिक  वन समूहको १७ औ साधारण सभा सम्पन्न


  • २०८० मंसिर २६, मंगलबार मा प्रकाशित ११ महिना अघि
  • ३३७ पाठक संख्या
  • बेलौरी,२६ मंसिर । कञ्चनपुरको बेलौरी नगरपालिका वडा नम्बर ५ मा रहेको रामनगर सामुदायिक वन उपभोक्ता समूहको १७ औ साधारण सभा सम्पन्न भएको छ।

    आइतबार सम्पन्न साधारण सभाको रामनगर सामुदायिक वन उपभोक्ता समुह श्री दिपा चौधरीको सभापतित्व सुदुर पश्चिम् प्रदेश सरकारका उधोग पर्यटन वन तथा बातावरण मन्त्री माननीय रमेश सिंह धामीको प्रमुख आतिथ्य, बिशिष्ट अतिथि संबिधान सभा सदस्य माननीय बिरभान चौधरी ,बेलौरी नगरपालिकाका नगरप्रमुख पोतिलाल चौधरी , कुण्डा सब डिभिजन वन कार्यालय प्रमुख दिनेश कुमार यादव, अतिथिमा जननमुना माध्यमिक बिधालयका अध्यक्ष अमर चौधरी ,नेकपा माओवादी केन्द्रका नेता दिपक तिमिल्सिना लगायत वन उपभोक्ता समुहका सदस्यहरुको सहभागिता रहेको थियो। कार्यक्रम को स्वागत मन्तव्य समुहका सदस्य धनी चन्दले गर्नुभएको थियो भने समुहको आर्थिक बर्ष २०७९/०८० को आर्थिक प्रगति विवरण सामुदायिक वन उपभोक्ता समुहका सचीव लाल बहादुर चौधरीले प्रस्तुत गर्नुभएको थियो।

    उधोग पर्यटन वन तथा बातावरण मन्त्री माननीय धामीले रामनगर सामुदायिक वन उपभोक्ता समूहको बैज्ञानिक वन ब्यबस्थापन भएको क्षेत्र को स्थलगत अनुगमन गर्दै बैज्ञानिक वन कार्ययोजना खारेज भएको समुहमा सुकेका र ढलेका रुखहरु समेत सदुपयोग नहुँदा वन संरक्षण तथा वन बिकास समेतको कार्य प्रभावित भएकाले दिगो वन ब्यबस्थापन लाई निरन्तरता दिँदै वनबाट समृद्धि हासिल गर्नु पर्नेमा जोड दिनुभयो। कार्यक्रममा बोल्दै बिशिस्ट अतिथि बेलौरी नगरपालिका कार्यालयका नगरप्रमुख पोतिलाल चौधरीले बैज्ञानिक वन र समुदाय र आफुले वन सरक्षणमा गरेको भुमिका बारे जानकारी गराउदै वन लाई हराभरा र सरक्षण गर्ने तर्फ सबै लाग्न तर्फ जोड दिनुभयो । कार्यक्रमको सञ्चालन समुहका सचीव लाल बहादुर चौधरीले गर्नुभएको थियो।

     

    तपाइंलाई यो खबर पढेर कस्तो लाग्यो? मन पर्यो
    मन पर्यो खुशी अचम्म उत्साहित दुखी आक्रोशित
    १%

    प्रतिक्रिया दिनुहोस


    सम्बन्धित खबरहरु
    ताजा अपडेट