बेलौरी ,२१ मङ्सिर ,कञ्चनपुरको बेलौरी नगरपालिका वडा नम्बर २ जबदियामा रहेको लक्ष्मी माध्यमिक बिद्यालयको बिहीवार ५९ औं वार्षिकोत्सव तथा अभिभावक दिवस सम्पन्न भएको छ।
बिद्यालय व्यवस्थापन समिति अध्यक्ष नवराज शाहीको सभापतित्वमा भएको कार्यक्रमका प्रमुख अतिथि बेलौरी नगरपालिकाका नगरप्रमुख पोतिलाल चौधरी रहनुभएको थियो भने बिशिस्ट अतिथिमा पूर्व भौतिक पूर्वाधार विकास राज्य मन्त्री कुलबिर चौधरी , बेलौरी नगरपालिकाका नगर उपप्रमुख जोगराम चौधरी ,बेलौरी नगरपालिका वडा नम्बर २ का अध्यक्ष कलबिर चौधरी ,अतिथि शिक्षा शाखाका प्रतिनिधि लगायत समाजसेवी / बुद्धिजिवि अभिभावक लगायतको उपस्थिति रहेको थियो । कार्यक्रमको स्वागत मन्तव्य लक्ष्मि माध्यामिक बिधालयका सहायक प्रधानाध्यापक अनिल पाण्डे गर्नुभएको थियो।कार्यक्रममा बिद्यालयका प्रधानाध्यापक बिरेन्द्र सिंह भण्डारीले बिधालयको आर्थिक बर्ष २०७९/०८० आर्थिक प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो।
कार्यक्रममा बोल्दै प्रमुख अतिथि एवं बेलौरी नगरपालिकाका नगरप्रमुख पोतिलाल चौधरीले बिद्यालयको ५९ औं बार्षिकउत्सव सफलताको शुभकामना दिदै पालिका भित्रका सबै बिद्यालयमा शैक्षिक गुणस्तरका लागि कुनै प्रकारको अभाव हुन नदिने प्रतिबद्धता व्यक्त गर्नुभयो । बिद्यालयमा भौतिक पुर्वाधार लगायत शैक्षिक क्षेत्रको गुणस्तरका लागि आफ्नो तर्फबाट पहल गर्ने तर्फ जोड रहने समेत बताउनुभयो।
कार्यक्रममा सम्मानित हुनेमा सुमित्रा खनाल अक्षयकोष संस्थापक पाँच लाख बराबरको अक्षयकोष स्थापना गरे पश्चात् र पूर्व बिधालय ब्यवस्थापन समितीको पहिलो महिला अध्यक्ष,मायाकली चौधरी,गरीब र जेहेन्दार विद्यार्थी छात्रवृत्तिका लागि आदित्य पन्त हाल अष्ट्रेलियामा अध्ययनरत धनसिह पन्तका छोराले बिधालय लाई सहयोग स्वरुप पचास हजार रकम सहयोग हस्तान्तरण गरेका थिए।भने कार्यक्रम को सञ्चालन सहायक प्रधानाध्यापक अनिल पाण्डे र शिक्षक बुद्धि प्रसाद शर्माले गर्नुभएको थियो।

प्रतिक्रिया दिनुहोस